यी हुन् सबैभन्दा धेरै धन भएका १० अभिनेत्रीहरु कसको सम्पत्ति कति ? [तस्विरसहित]



 

 

एउटै फिल्मबाट करोडौं कमाउने बलिउडका हिरोइन फिल्मको साथसाथ दोस्रो कारोबारमा पनि जोडिएका छन । जहाँबाट उनीहरुको कमाई हुन्छ । यहाँ बलिउडका सबैभन्दा धनी हिरोइनहरुको बारेमा बताइएको छ । बलिउडमा हालसम्म सबैभन्दा बढी कमाउने तथा सबैभन्दा धेरै सम्पत्ति जोडेका १० अभिनेत्रीहरु को हुन र उनीहरूको सम्पति कति छ ? आज हामी यो जानकारी लिएर उपस्थित भएका छौ ।

 

१, ऐश्वर्या राय बच्चन
सुन्दरताको लागि संसारमा चिनिएकी ऐश्वर्या बलिउडकी सबैभन्दा धनी हिरोइनमा गनिन्छिन् । एक रिपोर्टका अनुसार ऐश्वर्या ३५ मिलियन डलरको मालिक्नि हुन् । आज पनि ठूला घरानाका निर्देशक उनीसँग फिल्म गर्न चाहिरहेका छन् ।

 

२, माधुरी दीक्षित
९० को दशकमा बलिउडमा राज गर्ने नायिका माधुरी दीक्षित पनि ३५ मिलियन डलरको धनी हुन् । माधुरी आज पनि एउटा फिल्मको ४ करोड लिन्छिन् ।

 

३, अमिषा पटेल
फिल्म कहो ना प्यार है’ बाट आफ्नो फिल्मि करियर सुरु गरेकी बलिउड अभिनेत्री अमिषा ३० मिलियन डलरको मालिक्नी हुन् । १ सय २५ फिल्ममा काम गरिसकेकी अमिषाको आफ्नै फिल्म निर्माण कम्पनी छ ।

 

 

४, प्रिति जिन्टा
प्रिति जिन्टा पनि पैसाको मामलामा कोही भन्दा कम छैनन् । उनको सम्पति ३० मिलयन डलर को नजिक भएको एक रिपोर्टमा जनाइएको छ । प्रिति आजभोलि फिल्मबाट टाढा नै छन् तर पनि पैसाको मामलामा कम छैनन् । अभिनयको अलावा प्रिति पंजाव किंग्स एलेभेन को धनी पनि हुन् ।

 

 

५, दीपिका पादुकोन
बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका दीपिका पादुकोण बलिउडकै टप नायिकामा पर्छिन् । २००७ देखि आफ्नो करियर सुरु गरेकी दीपिकासँग २० मिलयिन डलर सम्पत्ति रहेको बताइन्छ ।

 

 

६, अमृता राव
बलिउड अभिनेत्री अमृता राव ले धेरै फिल्म भने खेलेकी छैनन् तर पनि सम्पत्ति भने कोही भन्दा कम छैन । उनीसँग २० मिलियन डलर सम्पत्ति रहेको एक रिपोर्टले देखाएको छ ।

 

 

७, काजोल
बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका मध्ये एक काजोल फिल्ममा भने कम नै आउने गरेकी छन् । तर सम्पत्तिको मामलामा भने धेरै नै अगाडि छन् । काजोलसँग १८ मिलियन डलर सम्पति भएको बताइएको छ ।

 

 

८, करिश्मा कपूर
करिश्माले धेरै वर्षदेखि फिल्म खेलेकी छैनन् तर पनि सम्पतिको मामलामा धनी छन् । उनीसँग १२ मिलयन डलर सम्पति रहेको बताइएको छ ।

 

 

९, मल्लिका शेरावत
बलिउडकी हट नायिका मध्येकी एक नायिका मल्लिका शेरावतसँग १० मिलियन डलर सम्पत्ति छ । आजभोलि उनी फिल्ममा भने फाट्टफुट्ट मात्र देखिने गरेकी छन् ।

 

 

१०, प्रियंका चोपडा
बलिउडबाट हलिउडसम्म आफ्नो अभिनयको छाप छोड्ने अभिनेत्री प्रियंका चोपडा ८ मिलियन डलरकी धनी छन् । उनी फिलमको अलावा विक्षापनमा धेरै देखिन्छिन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग