रोजिरोजी दुलही किन्न पाईने देश, जहाँ दुलही किनबेचको लागि बजार लाग्दछ (भिडियो)



हाम्रो इकोनोमि

 

 

आजको २१ औ शताव्दीमा यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो ।

दुलही किनबेच हुने बजार लाग्दै आएको बुल्गेरियाको स्टारा जागोर नामक शहरमा यस्तो बजार लाग्ने गर्दछ ।

यो प्रचलन एउटा सस्कारको रुपमा स्थापित भएको छ । यस्ता बजारमा सिधै मन परेको ब्यक्तिलाई प्रस्ताब राख्न सकिन्छ ।

जहाँ केटीका बाबू आमा पनि सहभागी हुन्छन् । यो कुरा सबैले सहज रुपमा लिएका हुन्छन ।

 

जुन अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । यो बजारमा बुल्गेरियाको आदिबासी कलाइदझी समुदायका युवायुवतीहरुमात्र सहभागी हुन्छन् ।

उक्त समुदाय बाहेक अरुले दुलही किन्न पाउँदैनन् । सो बजारमा गएर विवाह गर्न योग्य पुरुषले आफ्ना लागि दुलही छान्न सक्छन् ।

त्यसका लागि सम्बन्धित परिवारले तोकेको मुल्य तिरेपछि आफुले रोजेकी दुलही पाउँछन् । विवाह गर्न सजिलो होस भनेर यस्तो मेलाको आयोजना गरिएको हो ।

 

उक्त बजारमा उपलब्ध दुलहीहरु सजिसजाउ भएर पुग्छन् भने दुलही किन्ने दुलाहले सम्भव भएसम्म आफु समानको अन्यथा आफू भन्दा २ देखि ५ वर्षसम्म कम उमेरकी दुलही मात्र किन्न सक्छन् ।

दुलही किन्ने यो मेलामा दुलाहा दुलही दुवैको परिवार उपस्थित हुनुपर्दछ । दुवैले एक अर्कालाई मन पराउने पर्ने सर्त हुन्छ ।

त्यसपछि दुलही छानिन्छ, छानिएकी दुलहीको मूल्य तोकिन्छ र उनीहरुको विवाहको तिथि तय गरिन्छ । बेहुलाले तोकिएको मूल्य दुलहीको बाबुआमालाई दिनुपर्ने हुन्छ ।

 

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...