यी चर्चित बलिउड अभिनेताको यस्तो हर्कत ! [५ तस्वीरमा हेर्नुहास्]
पछिल्लो समय बलिउडमा कलाकारहरुको जोडी र उनीहरुको हर्कतले गर्दा चर्चा कमाउँने गरेका छन् । यस्तै, बलिउडका सफल निर्देशक तथा कलाकार फरहान अख्तर यतिबेला प्रेमको यात्रामा डुबुल्की मारिरहेका छन् । उनी अहिले सिवानी डान्डेकरसँगको प्रेममा मस्त देखिएका छन् । यी दुइको रोमान्टिक तस्वीरहरु समय समयमा सार्वजनिक पनि भैरहेका छन् ।
तर, यतिबेला समुन्द्रमा निकै नै मस्ती मुडमा रहेका यी दुइको तस्वीरले हंगामा मच्चाइरहेको छ । फरहानको बर्थ डेको अवसर पारेर यी दुई समुन्द्री तटमा रोमान्स गर्न पुगेका थिए । उनीहरुले रमाइलो मात्र गरेनन्, सामाजिक संजालमा तस्बिर पनि शेयर गरेका थिए । उनीहरुको प्रेमको छाल र समुन्द्रमा पानीको छालको शैली उस्तै थियो । एजेन्सी
जो कोहीलाई हुरुक्कै बनाउँने भद्रगोलकी रक्षा श्रेष्ठका यस्ता अवतार [२१ तस्विर]
पछिल्ला वर्षहरूमा ‘भद्रगोल’ हास्य सिरियलबाट चर्चित बनेसँगै अभिनेत्री श्रेष्ठ केही सिनेमामा समेत देखापरिसकेकी छन्। उनको सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ। उनले अहिलेसम्म सयको हाराहारीमा विज्ञापनमा अभियन गरिसकेकी छन्। भद्रगोलको रक्षा भनेर चर्चित रक्षा आफूलाई यही सिरियलले चिनाएको स्वीकार गर्छिन्। सयकै हाराहारीमा म्युजिक भिडियोमा खेलेकी रक्षा अब नेपालकी अग्रपंक्तिकी कलाकार हुन् ।
उनको बाल्यकाल सिन्धुपाल्चोकमा दाजुभाइकाबीच बितेको थियो। यसैकारण उनी केटाजस्तै कुनै सिंगारपटार नगरिकन हिँड्ने गर्थिन्। केटासँगै फुटबल, भलिबल खेलेर हिँड्ने गरेकी रक्षा जब विज्ञापनमा खेल्ने भइन् तब जीवनमा पहिलोपटक सिंगारिँदै थिइन्। त्यसबेला उनले चर्चित फोटोग्राफर राजभाइ सुवालसँग फोटोसुट गराएकी थिइन्।
उनी त्यो क्षणलाई सम्झँदै भन्छिन्,‘ मैले जीवनमा आफूलाई पहिलोपटक त्यति राम्री भएको देखें। त्यस अघि त केटा मान्छेजस्तै हो। दाजु भाइहरूसँग हिंड्ने म कस्तो थिएँ होला त ? मेरो स्वभाव पनि त्यस्तै छ के ? भद्रगोलको टिममा पनि मलाई भाइ भनेर बोलाउँछन्। उनले भनिन् ।
उनी सम्झिन्छिन्, ‘जब मलाई जीवनमा पहिलोपटक त्यसरी सिंगारियो तब म त ऐना हेरेको हेर्यै गर्न थालें। पछि फोटो घरमा लगेर बाबामामु सबैलाई देखाएँ। उहाँहरूले पनि कति राम्री भनेर प्रशंसा गर्नुभो।
त्यसपछि पनि मैले त्यो फोटो लुकेर धेरैपटक हेरें। फेरि अरूले देखे भने कति फोटो हेरेको भनेर जिस्क्याउलान् भनेर लुकीलुकी हेर्थें।’ उनले यसैगरी खुलेर कुरा गर्छिन् । यसैले आज हामी उनका त्यही अवतारलाई यहाँ प्रस्तुत गर्दछौ ।