पथरीकी रीनाको हत्या उनकै प्रेमीबाट !



हाम्रो इकोनोमि

 

 

शनिबार बिहान आफ्नै पसल अघि मृत फेला परेकी पथरीकी रीना बस्नेतको हत्या उनकै ब्वाईफेण्डबाट भएको हुन सक्ने प्रहरीले शंका गरेको छ ।

मोरङको पथरीशनिश्चरे १ की रिना बस्नेतको हत्या वा आत्महत्या बिषयमा अहिलेसम्म कुनै टुंगो नलागेपनि उनका प्रेमी शंका गरिएका व्यक्तिलाई प्रहरीले निगरानीमा राखेको छ ।

सुन्दरहरैचाका एक युवा उनको प्रेमी रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्टमा पुगेकी रीनाले त्यहाँ मादक पदार्थ सेवन गरेकी र घर आएर पनि बियर खाएको बताइएको छ ।

मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् ।

अबैध सम्बन्धको कारण हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेपनि अहिलेसम्म यसै भन्न सकिने अवस्था नरहेको जनाइएको छ ।

केही समयअघि पनि मोरंगमै रमिला राईको उनका प्रेमी योगेन्द्र गुरुङले हत्या गरी मारेर सप्तकोशीमा लास फालेका थिए । पछि प्रहरीले हत्यारा र लास दुवै बरामद गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...