गाउँपालिकाका उपाध्यक्ष चौधरीले पास गरिन् ८ को परीक्षा



हाम्रो इकोनोमि

 

दाङको गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले कक्षा –८ को परिक्षामा उत्तीर्ण भइन्।

 

गाउँपालिकाको शिक्षा शाखाले प्रकाशित गरेको कक्षा–८ को नतिजामा चौधरी उत्तीर्ण भएकी हुन्।

उनले नेपाली, अंग्रेजी, विज्ञान, सामाजिकमा ‘सि प्लस’, गणितमा ‘सि’, स्वास्थ्य, नैतिक, कम्प्युटर र व्यावसायिक शिक्षामा ‘बि’ ग्रेड प्राप्त गरेकी छन्। उनले जम्मा २.३२ जिपिए ल्याएकी छन्।

म निर्वाचित जनप्रतिनिधि आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ, कहिल्यै कतै जानुपर्छ, कहिल्यै कति हिड्नु पर्छ’ उनले भनिन् ‘तर पनि घरमा सो अध्ययन गरेर पनि राम्रो नतिजा ल्याउन सफल भए।’ उनले पढाई ठूलो भएको भन्दै ४८ वर्षमा पनि पढाइ शुरु गरेको बताइन्।

उनले पढाइलाई नियमितता दिने बताइन्। विस २०२४ सालमा जन्मिएकी चौधरीले उमेरले पढाइलाई नछेक्ने बताइन्। उनले दाङ गढवाको जनता माध्यमिक विद्यालयबाट कक्षा आठको परीक्षा दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...