रेनाशाले गरिन् प्रेमी प्रज्वल समशेरसँग इन्गेजमेन्ट
कोरियोग्राफर हुदै निर्देशनमा पाइला टेकेकी रेनाशा वान्तवा राईले आफ्ना प्रेमी प्रज्वल समशेर जबरासँग टिकाटालो गरेकी छिन् ।
आइतबार होटल शंकरमा सम्पन्न इन्गेजमेन्टमा वर बधुका नजिकका नातेदार र साथीहरु उपस्थित थिए ।
उनिहरुको वैशाख २४ गते विवाहको मिती तोकिएको छ । रेनाशाले प्रज्वलकै चलचित्र ‘ मेरो एउटा साथि छ’ मार्फत कोरियोग्राफीमा डेब्यु गरेकी हुन् । यसका साथै आइकोर फिल्मस मार्फत उनले निर्देशनमा पाइला राखेकी छिन् ।
नयाँ जिवन सुरु गर्न लागेकोमा आफु अत्यन्त खुशी भएको र विवाह पछी पनि आफ्ना प्रोजेक्टहरुमा निरन्तर अघी बढ्ने उनको भनाइ रहेको छ ।
सुखद् दाम्पत्य जिवनको शुभकामना प्रज्ववल र रेनाशालाई ।