हातखुट्टा बाँधेर डकैती गर्ने ३ जना पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौंको रानीबारीमा गत २६ चैतमा भएको डकैती घटनामा संलग्न ३ जनालाई प्रहरी पक्राउ गरेको छ । घटनामा संलग्न चन्द्रागिरिका नवराज तामाङ, विक्रम श्रेष्ठ र नुवाकोटका दिपेश भनिने सन्तबहादुर तामाङ पक्राउ परेका हुन् ।

 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको अनुसन्धान थालेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

 

उनका अनुसार पक्राउ परेका ३ जनाले रानीबारीमा लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी र घरको रेखदेख गर्ने मिठु थकालीसहित ३ जनालाई हातखुट्टा बाँधेर लुटपाट गरेका थिए ।

 

‘जुटको डोरीले बाँधेर कोठामा रहेको दराज फुटाई तोडफोड गरेर गरगहना र नगदसहित गरी ५ लाख ६० हजार बराबरको धनमाल लुटपाट भएको थियो’, सिंहले भने । प्रहरीले उनीहरुको साथबाट सुनको तिलहरी, बा२ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ नम्बरको जीप पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...