सिके राउतले गरे राष्ट्रिय स्तरका पार्टीहरुले गर्न नसकेको यस्तो घोषणा !



हाम्रो इकोनोमि

 

पछिल्लो समय सरकारसँग वार्ता गरेर नयाँ पार्टी निर्माण गरेर राजनीतिमा लागेका सिके राउत हरेक दिनजसो नयाँ घोषणा गर्नमा व्यस्त देखिएका छन् ।

यो बिचमा नव गठित डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमै १० लाख रोजगारी सृजना गर्ने अवधारणालाई शिघ्र नै मूर्तरुप दिने बताएको छ ।

गएको चैत ३० गते सिरहाको मिर्चैयामा आयोजना गरिएको सभाबाट डा.राउतले १० लाख रोजगारी मधेशमै सृजना गर्ने अवधारणालाई आफू नबिर्सेको जनाउनु भएको हो ।

उहाँले आफुले विदेशमा दुःख पाईरहेका युवाहरुलाई सक्दो मधेशमै अर्थात आफ्नै ठाउँमा रोजगारीको लागि पहल थाल्दै रोजागरी सृजना गर्ने बताउनु भएको हो ।

राउतले पहिलो प्राथमिकतामा मधेशका युवाहरुको रोजगारी सृजना गर्ने अवधारणालाई मूर्तरुप दिने जनाइएको छ ।

त्यसको लागि कृषि क्रान्ती, अद्यौगिकीकरण, सूचना प्रविधिको क्रान्ती लगायत जे गर्नुपर्ने गर्न तयार रहेको उहाँले बताउनुभयो ।

जनमत पार्टीका केन्द्रीय सदस्य सुदीप कुशवाहाले खाडी मूलुकमा गएर दुःख पाईरहेका मधेशी मूलका युवाहरुलाई सकभर स्थानीय स्तरमै रोजगारी दिए वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्ने तर्फ ध्यान केन्द्रीत गरिएको जानकारी दिनुभयो । उहाँले मूलधारको राजनीतिमा आउनुभन्दा पहिले मधेशमा १० लाख रोजगारी सृजना गर्ने उनको उदेश्य रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...