सिके राउतले गरे राष्ट्रिय स्तरका पार्टीहरुले गर्न नसकेको यस्तो घोषणा !



हाम्रो इकोनोमि

 

पछिल्लो समय सरकारसँग वार्ता गरेर नयाँ पार्टी निर्माण गरेर राजनीतिमा लागेका सिके राउत हरेक दिनजसो नयाँ घोषणा गर्नमा व्यस्त देखिएका छन् ।

यो बिचमा नव गठित डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमै १० लाख रोजगारी सृजना गर्ने अवधारणालाई शिघ्र नै मूर्तरुप दिने बताएको छ ।

गएको चैत ३० गते सिरहाको मिर्चैयामा आयोजना गरिएको सभाबाट डा.राउतले १० लाख रोजगारी मधेशमै सृजना गर्ने अवधारणालाई आफू नबिर्सेको जनाउनु भएको हो ।

उहाँले आफुले विदेशमा दुःख पाईरहेका युवाहरुलाई सक्दो मधेशमै अर्थात आफ्नै ठाउँमा रोजगारीको लागि पहल थाल्दै रोजागरी सृजना गर्ने बताउनु भएको हो ।

राउतले पहिलो प्राथमिकतामा मधेशका युवाहरुको रोजगारी सृजना गर्ने अवधारणालाई मूर्तरुप दिने जनाइएको छ ।

त्यसको लागि कृषि क्रान्ती, अद्यौगिकीकरण, सूचना प्रविधिको क्रान्ती लगायत जे गर्नुपर्ने गर्न तयार रहेको उहाँले बताउनुभयो ।

जनमत पार्टीका केन्द्रीय सदस्य सुदीप कुशवाहाले खाडी मूलुकमा गएर दुःख पाईरहेका मधेशी मूलका युवाहरुलाई सकभर स्थानीय स्तरमै रोजगारी दिए वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्ने तर्फ ध्यान केन्द्रीत गरिएको जानकारी दिनुभयो । उहाँले मूलधारको राजनीतिमा आउनुभन्दा पहिले मधेशमा १० लाख रोजगारी सृजना गर्ने उनको उदेश्य रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...