दुइ कविको कृति विमोचन, विवाह होस् त यस्तो



हाम्रो इकोनोमि

 

 

दिउँसोको दुई बजे, सधैं साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा भिन्नै खाले माहोल देखिन्थ्यो ।

नाचघरमा आउने पुरुषहरु सबै दौरासुरुवाल र कोर्टपाइन्टमा सजिएका देखिन्थे भने महिला रातो साडी र अविवाहित केटीहरु राम्रा राम्रा पहिरनमा सजिएका देखिन्थे ।

नाचघरको ठूलो हल (प्रेक्षालय हल) मा उनीहरुको बाग्लै उपस्थिति देखिन्थ्यो । एक हजारको क्षमता रहेको हलमा मान्छेको खचाखच भिड देखिन्थ्यो भने उनीहरु नअटाएर बीच बाटोमा समेत मेच राखिएको थियो ।

लगभग ४५ मिनेटको प्रतिक्षापछि विवाहको पोषाकमा सजिएकी एक दुलही र दौरासुरुवाल अनि कोटमा सजिएका दुलाहको अग्रभागमा उपस्थिति हुन्छ ।

मञ्चमा मञ्चमा संस्कृतिविद् सत्यमोहन जोशी, सर्वनाम थिएटरका प्रमुख अशेष मल्ल लगायत अन्य अतिथिहरुका साथै केही ब्राम्हणलाई पनि आमन्त्रण गरिन्छ । केही समयपछि उनीहरु स्वस्तीपाठ सुरु गर्छन् ।

पण्डितले उक्त दुलहीलाई दुलाहलाई बरमाला लगाइदिन आग्रह गर्छन् भने दुलाहलाई दुलहीलाई लगाइदिन ।

दुवैले एकअर्कालाई बरमाला लगाइदिइसकेपछि हलमा ताली बज्न थाल्छ । यो परिदृष्य अरु केही नभई कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाहको हो ।

नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका उनीहरु आज आफ्नो कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिएका हुन् । कवि ढुंगाना भन्छिन्, ‘त्यो भेटघाट आज विवाह बन्धनमा परिणत होला भनेर कल्पना पनि गरेको थिइनँ ।’

बिस्तारै एकअर्कालाई बुझ्दै गएपछि त्यो भेटले नै दुवैजनाको भेटघाट बाक्लिँदै गएको उनले बताइन् । पछि त्यो भेट नै बिस्तारै एकअर्काको मनमा प्रेमको भावनाको विजारोपण गरेको थियो ।

कवि दाहाल आफ्नो भाग्यमा लेखिएको कुरा केही गरे पनि नमेटिने बताउँछन् । नुवाकोटकी कवि ढुङ्गानाको कविता सङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कविता सङ्ग्रह समेत विवाहको अवसरका लोकार्पण गरिएको थियो ।

दुई कृतिको लोकार्पण गर्नुहुँदै संस्कृतिविद तथा शताब्दीपुरुष सत्यमोहन जोशीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यस विवाहले सहयोग पु¥याएको बताए । उनले भने, “विवाहसँगै नयाँ कृतिलाई पनि लोकार्पण गरिनु साधारण कुरा होइन् ।”

उनले दुई कृतिसँगै दुई आत्मा पनि जोडिएकोमा बधाई समेत दिन भ्याए । ढुङ्गानाको कृति अस्वीकृत शालीनतामाथि समालोचना गर्दै समालोचक शैलेन्द्रप्रकाश नेपालले कविको कविताले जीवनभरका लागि सम्भावनाको सङ्केत बोकेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...