पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा



हाम्रो इकोनोमि

 

ठगीको समाचार लेखेका पोखराका पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

। पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्र्तगत प्रहरी केन्द्रीय व्युराको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २ गते नियन्त्रणमा लिएको थियो ।

रिहाइको आदेश लगत्तै सम्पादक गिरीले ठगी गर्नेहरुको बिरुद्ध निरन्तर लेखिरहने बताएका छन् । गिरीको पक्राउ बिरुद्ध देशभरका पत्रकारहरुले आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...