पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा



हाम्रो इकोनोमि

 

ठगीको समाचार लेखेका पोखराका पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

। पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्र्तगत प्रहरी केन्द्रीय व्युराको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २ गते नियन्त्रणमा लिएको थियो ।

रिहाइको आदेश लगत्तै सम्पादक गिरीले ठगी गर्नेहरुको बिरुद्ध निरन्तर लेखिरहने बताएका छन् । गिरीको पक्राउ बिरुद्ध देशभरका पत्रकारहरुले आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...