जंगलमा यौन सम्पर्क गराउने युवतीहरू होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय ह्वातै बढ्यो



हाम्रो इकोनोमि

 

जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ ।

राजमार्ग केन्द्रित यौन वयवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको हो ।

पहिला धन्सार–लमाह खण्डको जंगलमा यौन सम्पर्क गराउने युवतीहरू अहिले होटलमा केन्द्रित भएका छन् । ट्रक तथा मोटरसाइकल चालकहरूलाई जंगलमै यौन सम्पर्क गराउने युवतीहरू केही समययता होटल तथा लजहरूमा देखिन थालेको स्थानीयले बताएका छन् ।

जंगलमा असुरक्षा र प्रहरीको तारो बन्ने डरले उनीहरूको रोजाइमा होटल तथा लज परेको स्वयं उनीहरू बताउँछन् । चन्द्रपुरका कतिपय होटल तथा लजहरूले बाहिरबाट सम्पर्क गरी यौनकर्मीलाई बोलाएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरूले आर्थिक लाभ लिनका लागि बाहिरबाट युवती, महिला, किशोरीहरू बोलाएर यौन सम्पर्क गराउने गरेका छन् । इलाका प्रहरी कार्यलयले एक वर्ष पहिला होटलबाट युवायुवतीलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको थियो । तर, हाल आएर प्रहरीले त्यसतर्फ ध्यान नदिएको सरोकारवाला बताउँछन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।

पछिल्लो समय एक समस्याका रूपमा यौन व्यवसाय देखापरेको स्थानीय बताउँछन् । प्रायः गरी दिनमा यौनकर्मीहरू समय तोकेर होटलमा बस्छन् । होटल तथा लज सञ्चालकहरूले मोबाइलमार्फत ग्राहक खोजेपछि यौनकर्मी बोलाउने गर्छन् । कतिपयले त कोठामा नै राखेर ग्राहकसँग मोलमोलाई गर्ने गर्छन् । त्यस्ता ग्राहकहरूले घण्टाको हिसाबमा पैसा दिन्छन् । यस्ता ग्राहकबाट होटल तथा लज सञ्चालकलाई धेरै मुनाफा हुन्छ । स्मार्ट सिटीको रूपमा अगाडि बढिरहेको चन्द्रपुरमा यौन व्यवसायका कारण बदनामी हुन थालेको बुद्धिजीवीहरूको भनाइ छ । उनीहरूले यसतर्फ प्रशासनले चासो देखाउनुपर्ने बताएका छन् ।

होटल व्यवसायी संघ, रौतहटका अध्यक्ष देवेन्द्र अर्यालले केही होटल तथा लजहरूमा यौन व्यवसाय हुने गरेको आपूmले सुनेको बताए । उनले प्रहरीसँग समन्वय गरेर त्यस्ता होटल तथा लजहरूमा अनुगमन गर्ने र यौन क्रियाकलाप गरेको पाइएमा प्रहरीसमक्ष बुझाउने बताए । उनले कुनै होटलमा त्यस्तो गतिविधि भइरहेको भएमा तुरुन्त संघलाई वा प्रहरीलाई जानकारी दिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...