आज विहानै देखि यस्तो बन्यो मौसम, मौसमविद्ले दिए डरलाग्दो चेतावनी !



हाम्रो इकोनोमि

 

आज विहानै देखि काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा हल्का वर्षा सुरु भएको छ । मौसमविद्का अनुसार आज मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । यस्तै तराईमा जिल्लाहरुमा हावाहुरीको सम्भावना पनि बढेर गएको छ । पश्चिमा वायुको प्रभावले गर्दा नेपालको मौसममा लगातार परिवर्तन आइरहेको छ । यो समस्या अझै थप केही दिन थपिने विज्ञहरुले जानकारी दिएका छन् ।

जारी मिति : चैत्र २२ गते  (शुक्रबार) , बिहान   ६:०० बजे

 

 चैत्र २२ गते (शुक्रबार) : दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा, पश्चिमी  भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। तराइका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ।  उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा  हल्का  हिमपातको  संभावना देखिन्छ।

 

 

राति:  देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा,  पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।पुर्व र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  साथै उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा  हल्का हिमपातको  पनि संभावना देखिन्छ।

 

चैत्र २३  गते (शनिबार ) : दिउँसोः देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण  बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनका साथ हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ। बिहानको समयमा तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  र उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

 

राति: देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ र तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ । उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

 

 

चैत्र २४  गते (आइतबार): दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी  भु-भागका १-२  स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पशचिमि पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ पनि छ।

 

राति:  देशको अधिकांस भूभागहरुमा   आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका १-२ स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...