काठमाडौंमै प्रहरीमाथि सांघातिक हमला, दुई प्रहरी घाइते



हाम्रो इकोनोमि

 

काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटारस्थित कमलपोखरी डाँडामा दुई जना प्रहरीमाथि सांघातिक हमला भएको छ ।

उनीहरु डिउटीमा रहेका बेला डाँडास्थित वाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेका पदमबहादुर कार्कीले फलामको रडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्ती टोलीलाई प्रहार गरेका थिए ।

रड प्रहारबाट घाइते हुनेमा प्रहरी हवल्दार र प्रहरी जवन गरी २ जना छन् । दुवै प्रहरी कर्मचारीको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

डिउटीमा खटिएका २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका–७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसरी जनताको सुरक्षामा खटिएका प्रहरीमाथि माधक पदार्थ सेवन गरेर बसेका गुण्डाले खु्लेआम हमला गर्ने विषयलाई प्रहरीले गम्भिर रुपमा लिएको बताएको छ । यस सम्बन्धमा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...