३ लाख ८८ हजारको लोभमा ६८ वर्षीय बृद्धले गरे हरिबहादुरको हत्या



हाम्रो इकोनोमि

 

पैसाको लोभमा एक बृद्धले एक युवकको हत्या गरेका छन् । लम्जुङको मध्य नेपाल नगरपालिका २ सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेलाई पोखरा–३० डुंडाकोमुखका ६८ वर्षीय बलबहादुर सुनारले हत्या गरेको खुलेको हो ।

पाण्डेको बुटवल ११ बुद्धनगर मजुवा र बिनापातेको बीचमा तिनाउ खोला बगरको चैत १ गते हत्या भएको थियो । फरक–फरक नाम भन्दै हिँड्ने सुनारले पाण्डेको हत्या गरेको पत्ता लागेपछि प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको छ ।

 

पाण्डेको साथमा रहेको ३ लाख ८८ हजार रूपैयाँ नगद बरामद प्रहरीले बताएको छ । सुनारले पाण्डेबाट लुटेको पैसाले सुनको बेरुवा औठी, सुनको लकेट, १ थान सिक्री, रातो पत्थर भएको सुनको लकेट किनिसकेको पाइएको छ ।

 

पाण्डे बुटवलमा ब्यापार गर्ने उद्देश्यले रुपन्देही आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक थापाका अनुसार मृतक पाण्डे र सुनार विगतमा अपराध गरेको अभियोगमा जेलमा सँगै बसेका व्यक्ति हुन् । जेलबाट छुटेपछि पैसाको लोभमा सुनारले पाण्डेलाई ढुंगाले हानेर मारेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...