काठमाडौंमा बन्ने भयो मेट्रो रेल, आयो ३ खर्ब ३१ अर्ब



हाम्रो इकोनोमि

 

काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण लागि प्रस्ताव आएको छ ।  शुक्रबार र शनिबार भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकाको ७७ दशमलब २८ किमी दुरीमा सहरी मेट्रो रेल निर्माणका लागि प्रस्ताव आएको हो ।

 

बुट मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोडको प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ ।

 

लगानी बोर्डले यो परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लगानी प्रक्षेपण गरेको थियो ।  बोर्डले यसअघि सन् २०१७ मै यो परियोजना प्रस्ताव गरेको थियो ।

 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति नै बनाएर अध्ययन गर्न निर्देशन दिइएको थियो ।  तर, अपेक्षितरुपमा काम अघि बढ्न सकेन ।

 

यस्तो छ परिकल्पना

लगानी बोर्डले तयार पारेको परियोजना अध्ययन प्रतिवेदनअनुसार काठमाडौं मेट्रो रेलको रेल्वे लाइन दुई रुट भूमिगत (अण्डर ग्राउण्ड) र बाँकी तीनमा जमीनमाथि नै हुनेछ ।

 

सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोकसम्मको १२ दशमलब १० किमीको रुटमा चढ्ने ओराल्ने ११ स्टेशन प्रस्ताव गरिएको छ ।  यो रेल्वेलाइन जमीनमाथि नै हुनेछ । यस्तै किर्तिपुर–कालिमाटी–बानेश्वर–एयरपोर्टसम्मको ११ दशमलब ५ किमीको जमीनमाथिको रुटमा ९ वटा स्टेशन हुनेछ ।

 

यस्तै जमीनमाथि नै बन्ने कोटेश्वर–चावहील–स्वयंम्भूनाथ–कोटेश्वरसम्मको २८ दशमलब ५ किमीको रुटमा १७ वटा चढ्ने–ओर्लनले स्टेशन प्रस्ताव गरिएको छ ।

 

स्वयंम्भूनाथ–डिल्लीबजार–बौद्धसम्म बन्ने ११ दशमलब ७० किमी र धोबिघाट–सिंहदरबार–नक्साल–गोगंबुसम्मको १३ दशमलब ८० किमीको अण्डरग्राउड रुटमा समान १०/१० वटा स्टेशन हुनेछन् । कूल ५७ वटा आधुनिक स्टेशन र दुई वटा टर्मिनल बन्नेछन् ।

 

प्रत्येक स्टेशनमा यात्रुको सहजताका लागि रेल आउने जाने समयतालिका र अन्य जानकारी दिनेगरी ‘रियलटाइम इन्फरमेसन डिस्प्ले’ राखिनेछन् । यो मेट्रो रेल दुईतर्फी हुनेछ ।

 

यो रेल्वे २० घण्टा सञ्लान गर्ने योजना छ । काठमाडौं मेट्रो रेल सञ्चालनमा आएपछि दैनिक एक लाख १९ हजार जना बढी यात्रु ओहोर दोहोर गर्ने प्रक्षेपण गरिएको छ ।

 

सञ्चालन भएपछि सन् २०४९ सम्म बढेर यात्रुको चाप बढेर १ लाख ७९ हजारसम्म पुग्ने अनुमान छ ।  सार्वजनिक–नीजि साझेदारी (बूट) मोडेलमा बन्ने काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) एक वर्ष बनाइ पाँच वर्ष भित्र निर्माण सक्ने योजना छ ।

 

फिजिबिलिटी, डीपीआर, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत निर्माण कम्पनीले गर्नेछ भने सरकारले आवश्यक सहायता उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...