तिर्थालु बोकेको गाडी दुर्घटनाग्रस्त ५ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

नेपालबाट गएको एक पर्यटक बसको ठक्करबाट पाँच भारतीय नागरीकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुको अनुसार शनिबार बिहान भारतको उत्तर प्रदेशको पिलिभिटमा एक कारलाई ठक्कर दिँदा पाँच जना भारतीयको ज्यान गएको हो ।

 

भारतीय सञ्चारमाध्यमले केही नेपाली यात्रुहरू पनि घाइते भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै लेखेको । उक्त घटना उत्तर प्रदेशको खमारिया गाउँको पिलिभिट–बरेली सडकमा भएको थियो ।

 

उक्त नेपाली पर्यटक बस भारतीय प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् भने चालक फरार भएका बताइएको छ । गाडी नम्बर भने भारतीय सञ्चारमाध्यमले खुलाएका छैनन् ।

 

दुर्घटनामा मृत्यु हुनेमा ६० वर्षीय मुन्ने मन्सरी, उनकी पत्नी ५४ वर्षीया मुन्नी बेगम, मन्सरीका जेठान ५५ वर्षीय जमील अहमद, जेठानकी पत्नी ४७ वर्षीया नसरिन बेगम र नसरिनका ज्वाईं २५ वर्षका आजम रहेको प्रहरीले जनाएको छ ।

 

पिलिभिटका प्रहरी अधिकृत योगेन्द्र कुमारले कार बरेलीतर्फ जान लाग्दा नेपालको पर्यटक बससँग ठक्कर खाएको, आगलागीसमेत भएको र खाल्डोमा परेको जनाएका छन् । उक्त बसमा २४ नेपाली पर्यटक रहेको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ ।

 

अमर उजालाको अनुसार उनीहरुलाई तत्काल अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउने साथै उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनमा ५ जना यात्रु पनि घाइते भएका छन् ।

 

दुर्घटना भएको सुचना पाएलगत्तै प्रहरी र दमकल घटनस्थानमा पुगेको थियो र बसमा लागेको आगो निभाएको थियो । लापर्बाहीका कारण दुर्घटना भएको भन्दै चालकविरुद्ध फस्ट इन्फर्मेसन रिपोर्ट (एफआइआर) दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...