आज मेघ गर्जन सहित वर्षा, मौसमविद्ले दिए यस्तो चेतावनी !



हाम्रो इकोनोमि

 

पश्चिमी वायुको प्रभावले आज पनि मौसममा बद्ली आउँने देखिएको छ । आज बिहानै देखि देशभर मौसममा बदली भएको छ । मौसम बदलिसँगै चिसो पनि अचानक बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भागमा आज दिनभर वर्षा हुने सम्भावना देखिएको छ ।

 

आज देशको मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भई पुर्वतिर सरिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसमविद बरुण पौडेलका अनुसार काठमाडौंमा दिउँसो केहीबेर मौसम खुलेपनि बेलुकापख पुनः बदली हुने देखिएको छ ।

 

पश्चिमी भागमा मौसम खुलेपनि पूर्वीभागमा भने आज दिनभरी वर्षा हुनेछ । हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि देखिएको छ । अबको तीन दिनको मौसम जानकारी तल दिइएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

 

चैत्र १७ गते (आइतवार)ः दिउँसोः पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वी भू–भागहरुका धेरै तथा मध्य र पश्चिमी भू–भागहरुका केहि स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

 

रातीः पूर्वी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशका पूर्वी भेगका केही स्थानहरु तथा मध्य र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

चैत्र १८ गते (सोमबार)ःदिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशको पहाडी भेगको केहि स्थानहरुमा र तराई भेगको १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ । हिमालि भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

 

रातीः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू-भागहरुका थोरै र पश्चिमी भू–भागहरुका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ। हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

 

चैत्र १९ गते (मंगलबार)ः दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भेगको थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।

 

रातीः देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भेगको १–२ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...