मन्त्री वीना मगरले रञ्जु दर्शनालाई इतिहास सम्झाइन्



हाम्रो इकोनोमि

 

आफ्नाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको भन्दै खानेपानी मन्त्री विना मगर विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनामाथि खनिएकी छिन् ।

बहालवाला मन्त्रीले एक सामान्य राजनीतिक कार्यकर्ताको नामै किटेर धम्कीपूर्ण विज्ञप्ति जारी गरेकी छिन् ।

जसमा मन्त्री मगरले आफ्नो पृष्ठभूमि र संघर्षको इतिहासको समेत हेक्का राख्न रञ्जुलाई चेतावनी दिएकी छिन् ।

विकेकशील नेपाली दलले हालै मात्र मेलम्ची खानेपानी आयोजनामा अनियमिता भएको भन्दै अख्तियारमा उजुरी दिएको थियो ।

त्यसक्रममा रञ्जुले मेलम्चीमा के भइरहेको छ, मन्त्रीले जानकारी दिनुपर्ने बताएकी थिइन् ।

तर, मन्त्री मगरले रञ्जुमाथि आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छन् ।

मंगलबार मन्त्री मगरद्वारा जारी दुई पृष्ठ लामो विज्ञप्तिमा भनिएको छ, मेलम्ची आयोजनामा अनियमिता भएको प्रमाणित भए म जुनसुकै सजाय भाग्न तयार छु ।

यदि अनियमिता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’

आफ्नो स्वार्थपूर्तिका लागि अरुको चरित्र हत्या अधिकार रञ्जुलाई नभएको भन्दै मन्त्री वीनाले भनेकी छन्, ‘यो चरित्रहत्या मेराविरुद्ध मात्र नभएर निष्ठा र समर्पणको राजनीति गर्नेहरुमाथिको आक्रमण हो ।’

आफ्नो कठोर संघर्षबाट आएको भन्दै उनले आफ्नो निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहास पनि हेक्का राख्न सचेत गराएकी छन् ।

दर्शनातर्फ इंगीत गर्दै मन्त्रीले भनेकी छन्, म न कुनै राजनीतिक तिकडमका आधारमा यहाँसम्म आएको हुँ, न कुनै सस्तो लोकपि्रयताको बलमा ।’

मन्त्री मगरले धम्कीको भाषामा भनेकी छिन्, ‘मेरो राजनीतिक निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहासप्रति पनि हेक्का राख्नुपर्छ भन्ने मेरो दाबी छ ।’
प्रचण्डकी बुहारी भएकैले बरिष्ठहरुलाई पछि पार्दै मन्त्री बनेको चर्चा भइरहेका बेला मन्त्री मगरले मेलम्ची प्रकरणमा आफूमात्रै नभएर आफ्नो परिवारमाथिसमेत आक्रमणको प्रयास भइरहेको भन्दै मन्त्री वीनाले प्रचण्डतर्फ पनि संकेत गरेकी छिन् ।
उनले विज्ञप्तिमा भनेकी छिन्,’मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...