अध्यक्षलाई गाडी होइन, नागरिकका लागि बस किन्ने गाउँपालिकाको निर्णय



हाम्रो इकोनोमि

 

कच्ची सडक विस्तार नहुँदै अधिकांश स्थानीय तहका जनप्रतिनिधिबीच महंगा गाडी चढ्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ।

स्थानीय तहका अधिकांश जनप्रतिनिधि सुविधाभोगी बन्न थालेको टिकाटिप्पणी भइरहेको बेला उदयपुको लिङबुङबुङ गाउँपालिकाले भने अध्यक्षका लागि गाडी खरिद गर्न बिनियोजन गरेको ५७ लाख ७१ हजार रकमले सर्वसाधारणका लागि बस खरिद गर्ने निर्णय गरेको छ।

नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिन नागरिकलाई सुलभ भाडादरमा उपयोग गर्नेगरी दुईवटा बस खरिद गर्ने निर्णय भएको अध्यक्ष मेजर राईले बताए। यो खबर अजको नागरिक दैनिकमा दमन राईले लेखेका छन्।

गाउँपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातका साधनले नियमित सेवा दिन नसकेको र कतिपय सर्वसाधारणले भाडा तिरेर सार्वजनिक यातायातको सेवा लिन नसकिरहेको अबस्थामा गाउँपालिका आफैँले बस खरिद गर्ने निर्णय गरेको हो।

उदयुरका चार नगरपालिका र चार गाउँपालिकामध्ये लिङबुङबुङ गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहका प्रमुख र उपप्रमुखले गाडी खरिद गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...