अध्यक्षलाई गाडी होइन, नागरिकका लागि बस किन्ने गाउँपालिकाको निर्णय



हाम्रो इकोनोमि

 

कच्ची सडक विस्तार नहुँदै अधिकांश स्थानीय तहका जनप्रतिनिधिबीच महंगा गाडी चढ्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ।

स्थानीय तहका अधिकांश जनप्रतिनिधि सुविधाभोगी बन्न थालेको टिकाटिप्पणी भइरहेको बेला उदयपुको लिङबुङबुङ गाउँपालिकाले भने अध्यक्षका लागि गाडी खरिद गर्न बिनियोजन गरेको ५७ लाख ७१ हजार रकमले सर्वसाधारणका लागि बस खरिद गर्ने निर्णय गरेको छ।

नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिन नागरिकलाई सुलभ भाडादरमा उपयोग गर्नेगरी दुईवटा बस खरिद गर्ने निर्णय भएको अध्यक्ष मेजर राईले बताए। यो खबर अजको नागरिक दैनिकमा दमन राईले लेखेका छन्।

गाउँपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातका साधनले नियमित सेवा दिन नसकेको र कतिपय सर्वसाधारणले भाडा तिरेर सार्वजनिक यातायातको सेवा लिन नसकिरहेको अबस्थामा गाउँपालिका आफैँले बस खरिद गर्ने निर्णय गरेको हो।

उदयुरका चार नगरपालिका र चार गाउँपालिकामध्ये लिङबुङबुङ गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहका प्रमुख र उपप्रमुखले गाडी खरिद गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...