भारतमा भन्दा नेपालमा पेट्रोल सस्तो भएपछि भारतियहरु नेपाली सिमाका पम्पमा खनिए



हाम्रो इकोनोमि

 

भारतमा भन्दा नेपालमा इन्धन सस्तो हुने भएपछि भारतीयहरु नेपाल आउँन थालेका छन् ।

नेपाल भारत सीमा क्षेत्रमा सवारीसाधनमा पेट्रोल भर्नको लागि आउँनेहरुको लाईन हुने गरेको छ ।

झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन ।

 

भारतीय पम्प भने सुनसान हुन्छन् त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँने गरेका छन् ।

नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन ९तेल०हालिदिने कर्मचारी टुसुक्क बस्न पाउँदैनन् ।

त्यही भएर भारतीय सवारी साधनका चालक तेल भर्न नेपाल आउँछन् ।

उनीहरुले तेल फुल ट्यांकी हाल्ने र धेरै खरिद गर्ने हुँदा पम्पमा प्राथमिकता पाउँछन् ।

कत्तिसम्म भने नेपाली उपभोक्तले भन्दा उनीहरुले थप कमिसन दिने भएका हुनाले उनीहरुको काम पहिले हुने गरेको स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...