यी बालिका एघार दिनदेखि बेपत्ता



हाम्रो इकोनोमि

 

 

उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् ।

गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिनुभयो ।

साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिनुभयो । आफन्त, इष्टमित्र, गाउँ वरिपरि जताततै खोजतलास गर्दा पनि नभेटिएको रिजालले बताउनुभयो । उनीहरुले अहिले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् ।

परिवारले सोमबार प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका हुन् ।

यता प्रहरीले मातहतका सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्य भइरहेको जनाएको छ । महानन्दका चार छोरी र पाँच छोरा छन् । उनी कान्छी छोरी हुन् ।

झट्ट हेर्दा सुस्त मनस्थिति भएकी जस्ती देखिने बालिका एक्कासी सम्पर्कविहीन भए पनि परिवार चिन्तित बनेको छ । देख्नुहुनेसम्म पुर्याउन सेयर गरिदिनुहोला ।

मुख्यमन्त्री नमूना कृषिगाउँ घोषणा गरिने

पर्वतका दुई वडालाई मुख्यमन्त्री नमुना कृषि गाउँ घोषणा गरिने भएको छ । फलेवास नगरपालिका–११ कुर्घा र कुश्मा नगरपालिका–१ पाङलाई नमूना कृषिगाउँका रुपमा विकास गर्न थालिएको हो । कृषकसँंगको सहकार्यका आधारमा गण्डकी प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषिगाउँ निर्माण गर्न प्रदेश सरकारले गृहकार्य थाले अनुरुप पर्वतका यी दुई स्थानलाई नमूना कृषिगाउँको रुपमा विकास गर्न थालिएको हो ।

गण्डकी प्रदेशको कृषि मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रमका रुपमा यो कार्यक्रम शुरु गरेको हो । नमूना कृषिगाउँ कार्यक्रमका लागि यस वर्ष रु १० करोड ८० लाख विनियोजन गरिएको छ ।

प्रत्येक नमूना कृषिगाउँलाई रु ३० लाखका दरले रकम प्रदान गरिने गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो वर्ष कार्यक्रम पाएको गाउँले दोस्रो वर्ष त्यसको ५० प्रतिशत पुनः रकम पाउनेछ भने पहिलो वर्ष सञ्चालित नमूना कृषिगाउँलाई अर्को वर्ष ५० प्रतिशत रकम कम गर्दा रहने रकम अन्य नमूना कृषिगाउँ बनाउनका लागि खर्च गरिने भएको छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्वतमा छनोट भएका कुर्घा र पाङमा नमूना कृषिगाउँको कार्य प्रारम्भ गर्नुभएको छ ।

सभामुख अधिकारीले कृषक, सरकार र कृषि वैज्ञानिकको साझेदारी प्रयत्नबाट नमूना कृषिगाउँ निर्माण गर्दै अगाडि बढ्ने बताउनुभयो । रैथाने जातका तरकारीलाई प्रवद्र्धन गर्दै कृषि विकासका माध्यमबाट समृद्धिको यात्रा तय गर्न मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले उक्त कार्यक्रमले कृषि उत्पादकत्वमा वृद्धि हुनुका साथै कृषको आयआर्जनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री लम्सालले उक्त कार्यक्रममार्फत स्थानीय कृषि विकासका नवीन मोडल प्रस्तुत गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । उक्त कार्यक्रम गण्डकी प्रदेशका ११ जिल्लाका सबै ३६ निर्वाचन क्षेत्रमा सञ्चालन गरिने जनाउँदै उहाँले ‘एक स्थानीय तह, एक नमूना कृषिगाउँ’ स्थापना गर्ने उद्देश्य रहे पनि पहिलो वर्ष कम्तीमा ‘एक निर्वाचन क्षेत्र, एक नमूना कृषिगाउँ’ बनाउने लक्ष्य प्रदेश सरकारले राखेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...