एक्कासी यसकारण यति धेरै डरलाग्दो भयो मौसम : सचेत रहन भन्दै पूर्वानुमान विभागको यस्तो सूचना



हाम्रो इकोनोमि

 

 

आज बिहान देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले हिजो रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार राति पश्चिममा मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली अहिले मध्य क्षेत्रमा आइपुगेको छ । यसको असरले काठमाडौंसहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको उहाँले बताउनुभयो ।

 

यो प्रणाली पूर्वतिर सरिरहेकाले मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्ने देखिएको छ । तर ठूलो पानी पर्ने संभावना भने नरहेको उहाँले जानकारी दिनुभयो । प्रिमनसुनको समयमा पानी पर्दा चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउन मौसमविद मिनकुमार अर्यालको आग्रह छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१२ देखि २०७५ /१२/१४)

देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/११ देखि २०७५ /१२/१३)

देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भेगका केहि स्थानहरुमा र अन्य पहाडी भेगका एकदुइ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। पश्चिमी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका एकदुइ स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/११ देखि २०७५ /१२/१३) जारी समय : बिहान ६:०० बजे

चैत्र ११ गते (सोमबार),दिउँसोः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...