विदेशीएकाका श्रीमतीलाई फेसबुक चलाउन बन्देज, कारण यस्तो छ



हाम्रो इकोनोमि

 

 

सामाजिक सञ्जाल प्रयोग गर्न जान्यो भने असाध्यै फाईदापनि हुन्छ जानेन भने बर्बाद हुन्छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ ।

 

फेसबुकमा के हुँदो रहेछ भन्ने उहाँलाई चासो पनि उत्तिकै छ । तर, परिवारबाटै फेसबुक चलाउन रोक लगाएको छ । परिवारको कुरा काट्न नसकेपछि उहाँले फेसबुक चलाउनुभएको छैन । ‘सबैले फेसबुकको कुरा गर्छन् । चलाउँछन् । मलाई पनि चलाउन त मन छ नि । तर, के गर्नु परिवारको कुरा नमानौं पनि कसरी’ उहाँले भन्नुभयो, ‘इमो चलाउने गरेको छु ।

 

विदेशमा रहेको श्रीमानलाई यसैबाट भिडियो कल गर्छु । म्यासेज पठाउँछु ।’ १९ महिनाअघि कामको सिलसिलामा दुबईमा गएका श्रीमान फूलबहादुरको इच्छा अनुसार फेसबुक नचलाएको उहाँले बताउनुभयो । ‘खोई किन हो ।

 

फेसबुक चलाउँछु भन्न खोज्दा करा उनु हुन्छ । किन चलाउनुप¥यो भन्नुहुन्छ’ कक्षा ८ सम्म अध्ययन गर्नुभएका कृपाले भन्नुभयो, ‘आफ्नो श्रीमानले भनेको मान्नै प¥यो । फेसबुकमा देशभरका गतिविधि थाहा पाउँछन् भनिन्छ । मलाई पनि कुरा बुझ्न मन छ । म बुहारी भएकै कारण चलाउन पाउँदिन ।’

 

कपुरगाउँमा छोरीलाई फेसबुक चलाउन खुल्ला गरेपनि बुहारीले भने चलाउन पाएका छैनन् । फेसबुक चलाएर ज्ञानका कुरा सिक्ने र हेर्ने रहर बोकेका उक्त गाउँका बुहारीले आफ्नो इच्छा मनभित्रै लुकाएका छन् । गाउँकै आइतकुमारी विकले पनि फेसबुक चलाउनु हुन्न । गाउँमा रहेका अन्य दिदीबहिनीको फेसबुक हेरेर बस्ने गरेको उहाँले बताउनुभयो ।

 

‘७ कक्षा पढेको छु । मोबाइल चलाउन आउँछ । अक्षर चिनेको छु । फेसबुक पनि चलाउँकी जस्तो लाग्छ’ उहाँले भन्नुभयो, ‘श्रीमानले चलाउन दिनुहुन्न । फेसबुक कस्तो हुन्छ भनेर अरुको मोबाइलमा हेर्ने गरेको छु । चित्त बुझाएको छु ।’ एकबर्षअघि साउदी गएका श्रीमान धीरबहादुर विकले इमो चलाएपनि फेसबुक नचलाउ भन्ने गरेको उहाँले बताउनुभयो ।

 

गाउँकै उमा विकको श्रीमान दिपेश साउदी गएको २ महिना भयो । श्रीमानसंग कुराकानीका लागि मोबाइल लिनुभएको छ । उहाँले पनि अरु बुहारीले जस्तै इमोमा कुराकानी गर्नुहुन्छ । ‘यो गाउँका कुनैपनि बुहारीले फेसबुक चलाउँदैनन् । मैले मात्र के चलाउनु जस्तो छ । उहाँले भन्नुभयो, ‘फेसबुककै कारण कति महिला विग्रिएको सुनेका छौं । त्यसैले पनि हामीलाई चलाउन नदिनु भएको होला । बुढाले भनेको मान्नै प¥यो ।’

 

गाउँकी स्वास्थ्य स्वयंसेविका विष्णुमाया गुरुङका अनुसार कपुरगाउँका घरपिच्छे जस्तो युवा विदेश गएका छन् । कतिका श्रीमती बजार झरेका छन् । कति गाउँमै छन् ।सबैको हात–हातमा मोबाइल भएपनि सामाजिक सञ्जाल (फेसबुक) कसैले चलाउन पाउँदैनन्। कति लाई सासुससुरा त, कतिलाई श्रीमानले रोक्ने गरेको छ ।

 

उहाँले भन्नुभयो–‘पढेलेखेका त चलाउँदैनन् । नपढेकाले कहाँबाट चलाउनु । फेसबुकले विकृति ल्यायो भनेर पनि होला श्रीमानहरुले चलाउन दिएका छैनन् ।’ बजार झरेका श्रीमतीहरु फेसबुकबाटै मायामा परी परिवारलाई विचल्ली पार्ने खबर आइरहेकाले श्रीमानले रोक लगाएको हुन सक्ने उहाँले बताउनुभयो । देशको खबरबाट

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...