सिँउदो रंगाउने कुनै मर्द भेटिएन, नजिक आएपछि लुगलुग काम्छन् – दीपाश्री



हाम्रो इकोनोमि

 

दीपाश्री निरौला वर्तमान समयमा नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा रहेको नाम हो । हास्य कलामा एकछत्र राज गरेकी निरौलालाई एउटा प्रश्नले जहिले पनि पछ्याइरहेको हुन्छ । उनलाई जहिले पनि विवाह, श्रीमान र ब्वाइफ्रेण्ड जस्ता प्रश्नले दिक्दारी र आनन्ददायिक बनाउँछ । जीवनको आधा समय विताइसकेकी दिपा अविवाहित अभिनेत्री हुन् । उनको सुन्दर कला शैली नेपाली समाजमा राम्रैसँग भिजेको छ ।

 

मुटुभित्र बसेको छ । तर दिपाको मुटुमा बसेर सिँउदो रंगाउने अवसर अहिलेसम्म कुनै मर्दले पाएन । ‘दिपाश्रीसँग विवाह गर्छु भन्दै दर्जनौ युवाहरु आउँछन् तर दिपासँग विवाह गर्न कोही आउँदैन’ कटाक्ष गर्दै दिपाले भनिन् ‘म चलचित्रबाट कमेडियन बने, यही क्षेत्रमा २५ बर्ष विताइसकेकी छु । विवाहलाई भन्दा कामलाई बढि प्राथमिकता दिएका कारण मेरो जीवनमा यो अबसर जुट्न सकेन ।’

 

करियरलाई प्राथमिकता दिएका कारण आफ्नो विवाह नभएको उनी बताउँछिन् । विवाहपछि कलाक्षेत्रका ब्यक्तिहरु ओझेलमा पर्दै आएका छन् । विशेषगरी केटाभन्दा केटीहरु बढि ओझेलमा परेका छन् ।

 

विवाह भएको भए साहदे २५ बर्ष यो क्षेत्रमा विताउन दिपाश्रीका लागि पनि कठिन नै हुन्थ्यो होला । उनी पछिल्लो समय चलचित्र निर्देशन तथा निर्माणमा व्यस्त छिन् । ठट्यैली पारामा उनी भन्छिन् । यो दिपाको सिउँदो रंग्याउने कुनै मर्द भेटिएन । नजिक आएपछि लुगलुग काम्छन् ।

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...