निकै खुशीको खबर : ‘छक्का पन्जा २’ को कमाई रविले निर्माण गर्ने ‘अस्पताल’लाई दिने दिपा र दिपकको घोषणा



हाम्रो इकोनोमि

 

चलचित्र ‘छक्का पन्जा २’ वैशाख १३ मा पुनः रिलिज हुने भएको छ। बैशाखमा उक्त फिल्म रिलिज हुने भएपछि धेरैले निर्माता तथा कलाकार दीपकराज गिरीलाई लोभी भएको टिप्पणी गरेका थिए।

डेढ वर्षअगाडि बनेको चलचित्र युटुबमा नराखी फेरि रिलिज गर्न लागेको भन्दै दीपकको चर्को आलोचना भएको हो।

चर्को आलोचना भए पछि दिपकले फेसबुकमा स्टाटस लेख्दै ‘छक्का पन्जा २’ बाट उठेको ठुलो रकम रवि लामिछानेले निर्माण गर्ने अस्पतालका लागि प्रदान गरिने बताएका छन्।

उनले लेखेका छन्, ‘वैशाख १३ मा छक्का पन्जा २ रिलिज हुँदैछ।

यसबाट उठेको ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई जानेछ। चलचित्रमा नयाँ दृश्य पनि हेर्न पाइनेछ।’

यस चलचित्रबाट १४ करोड माथिको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको थियो।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...