निकै खुशीको खबर : ‘छक्का पन्जा २’ को कमाई रविले निर्माण गर्ने ‘अस्पताल’लाई दिने दिपा र दिपकको घोषणा



हाम्रो इकोनोमि

 

चलचित्र ‘छक्का पन्जा २’ वैशाख १३ मा पुनः रिलिज हुने भएको छ। बैशाखमा उक्त फिल्म रिलिज हुने भएपछि धेरैले निर्माता तथा कलाकार दीपकराज गिरीलाई लोभी भएको टिप्पणी गरेका थिए।

डेढ वर्षअगाडि बनेको चलचित्र युटुबमा नराखी फेरि रिलिज गर्न लागेको भन्दै दीपकको चर्को आलोचना भएको हो।

चर्को आलोचना भए पछि दिपकले फेसबुकमा स्टाटस लेख्दै ‘छक्का पन्जा २’ बाट उठेको ठुलो रकम रवि लामिछानेले निर्माण गर्ने अस्पतालका लागि प्रदान गरिने बताएका छन्।

उनले लेखेका छन्, ‘वैशाख १३ मा छक्का पन्जा २ रिलिज हुँदैछ।

यसबाट उठेको ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई जानेछ। चलचित्रमा नयाँ दृश्य पनि हेर्न पाइनेछ।’

यस चलचित्रबाट १४ करोड माथिको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...