रवि लामिछानेलाई आइलाग्यो अर्काे आपत ! जेलसम्म हुन सक्ने !



हाम्रो इकोनोमि

 

चर्चा र विवादितमा रहने टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता गर्ने तयारी भएसँगै उनलाई अर्को आपत आइलाग्ने भएको छ ।

सिधा कुरा जनतासँग’ नामको कार्यक्रम चलाउँदै आएका लामिछानेले केही महिनाअघि पत्नी इशासँग सम्बन्धविच्छेद गरी अर्को विवाह गरेका थिए ।

डिभोर्सअघि भएको सहमति पालना नगरेको भन्दै इशाले रविविरुद्ध मुद्दा हाल्ने तयारी गरेकी हुन् ।

इशाले रविलाई ठगी र चेक बाउन्समा मुद्दा लगाउने भएकी छिन् । उक्त मुद्दामा रविको गल्ती भेटिए जेलसम्म हुने प्रावधान रहेको छ ।

इशाले डिभोर्सअघि अमेरिकास्थित घर खरिद गर्दा लागेको ऋण तिरिदिने सम्झौता गरेको तर हाल उक्त ऋण नतिर्ने बताएपछि इशा कानूनी विकल्पमा जाने भएकी हुन् ।

रविले पछिल्लो समय ऋण नतिर्ने भन्दै सकेको गर्न चेतावनी दिने गरेको गुनासो इशाको छ ।

रविले छोरीहरूमार्फत पैसा नदिने बताउने गरेको उनको भनाइ छ । उनले कार्यक्रम सञ्चालन गर्ने टेलिभिजनबाटै आफूले अमेरिकाको घर इशालाई दिएको र ऋण पनि तिरिदिने घोषणा गरेका थिए ।

रविले इशालाई बैंकको चेक दिएका थिए ।
तर चेकमा पैसा नभएको उनले बताइन् । हाल अमेरिकामा रहेकी इशा मुद्दा दर्ताका लागि छिट्टै नेपाल आउने भएकी छन् ।

इशाले नेपालमा रहेका विभिन्न पत्रकारसँग कुराकानी गर्दै दुःख समेत पोख्ने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...