ख्याल गर्नु भएको छ सबै महिलाका २ वटा स्तनको साइज फरक–फरक हुन्छ [कारण यस्तो छ]



 

 

तपाईहरुले कतिको ख्याल गर्नुभएको छ । महिलाहरुसँग हुने २ वटा स्तनमा आकार फरक फरक हुन्छ । फरक महिलाको स्तन फरक हुनु त स्वभाविक हो । तर एउटै शरिरमा भएका स्तनका आधार किन फरक ? सबैको जिज्ञासा हुनुपर्छ ।

फरक फरक महिलाको स्तनको आकार फरक फरक हुने भए पनि एउटै महिलाको दुई वटा स्तनको आकार पनि फरक हुनुका कारण आज उल्लेख गर्दैछौ ।

एउटै महिलाको स्तनको आकार आखिर किन फरक हुन्छ त ? यस विषयमा विभिन्न अध्ययन भएका छन् ।

हालैमात्र बेलायतको एक पहिरन उत्पादन कम्पनी डिभेनहाम्सले पनि यसको बारेमा अनुसन्धानको नतिजा सार्वजनिक गरेको छ । यो कम्पनीले हरेक वर्ष महिलाले लगाउने ब्रा तथा पेन्टीहरुको आकारको बारेमा सर्वेक्षण गर्छ । आम महिलाले सानो, मझौला वा ठूलो मध्ये कुन प्रकारको ब्रा र पेन्टी लगाउँछन् भन्ने जान्नका लागि यस कम्पनीले यस्तो सर्वेक्षण गर्दै आएको छ ।

उदाहरणको लागि सन् २००८ को एउटा सर्वेक्षणले बेलायती महिलामाझ ‘पुस अप’ ब्रा निकै लोकप्रिय रहेको देखाएको थियो । सन् २०१२ को एक सर्वेक्षण अनुसार आजभोलीको महिलाको स्तन बढेको भन्दै सोही अनुरुपको ब्रा बनाएको थियो । डिभेनाहाम्सका नियमित ग्राहकमाझ ब्राको आकार सन् २०१० देखि नै बढेको छ । किनकी त्यतिबेला नै ब्राको आकार ३४ बीको आकारबाट ३४ डी मा पुगेको थियो । त्यसो त स्तन र ब्राको विषयमा एउटा कम्पनीको सर्वेक्षणलाई मात्र आधिकारिक वा विश्वासिलो मान्न सकिदैन ।

तर, अन्य केही तथ्यांकहरुलाई विश्लेषण गर्दा यो बुझ्न करै लाग्छ कि, पछिल्ला वर्षहरुमा पश्चिमेली महिलाका स्तनहरुको आकार भने बिस्तारै ठूला र पुटुक्क देखिन थालेका छन् । आकर्षक स्तन देखिनु वंशाणुगत उपहार हो वा ब्राको चमत्कार हो यसको जबाफ विज्ञहरुले नै देलान् ।

तर, कस्मेटिक सर्जरीकै कारणले पश्चिमा महिलाको स्तन ठूलो भएको भने अवश्य होइन । सन् १९८३ मा महिलाहरुको भित्री पोसाक निर्माता अर्को कम्पनी प्लेटेक्सले सर्वाधिक विक्री हुने ब्राको आकार ३४ बी बाट ३६ बी पुगेको रिर्पोट गर्यो ।

केही वर्षपछि औषत अमेरिकी महिलाको कप साइज ३६ सी पुगेको बताइयो । अनि बिस्तारै महिलाहरु ठूला ठूला ब्रा प्रति मोहित हुन थाले ।ठूलो ब्रा लगाउनुका पछाडि विभिन्न तत्वले भूमिका खेलेको बताइन्छ । जस्तैः महिलाको कम्मरमा बृद्धि, फिटिङ ब्रा प्रतिको बढ्दो मोह र ब्रा निर्माता कम्पनीमा स्टार्डन्ड साइजको अभाव इत्यादि । जहाँसम्म स्तनको आकारको सवाल छ, यसमा विभिन्न तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

जस्तै तौल परिवर्तन, औषधी, गर्भवती अवस्था र मासिक धर्मको अवस्था यी सबैले स्तनको आकार बढाउन र घटाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तरपनि स्तनको आकारलाई सातओटा वंशाणुगत संकेतले निर्देशित गर्ने बताइन्छ । हरेक महिलाले आफ्नो अभिभावकको जीनबाट ब्रासँग सम्बन्धित डीएनको अद्धितीय सेट प्राप्त गरेको हुन्छ । स्तनको स्वरुप सामान्यता सबै महिलाहरुमा उस्ताउस्तै भएपनि यसको आकार महिलैपिच्छे फरक मात्र होइन स्तनपिच्छे फरक हुन्छ ।

महिलाहरको यौन अंग विकसित भएपछि महिला सेपक्स हर्मन ९इस्ट्रोजिन०ले महिलाको प्रारम्भिक स्तन विकासमा सहयोग पुर्याउँछ । बिस्तारै स्तनको मुन्टामा हल्का बृद्धि हुन्छ । तर, दुबै स्तनले एउटै खालको हर्मन नपाउन पनि सक्छन् । जसका कारण एउटा स्तन अर्को भन्दा तुलनात्मक रुपमा ठूलो हुन्छ । किशोरावस्थामा देखिएको स्तनको आकारको असन्तुलन प्रौढ अवस्थामा पनि देखिन्छ । कम्तिमा पनि २५ प्रतिशत महिलाको एकातिरको स्तन सानो हुन्छ ।

स्तनको आकार ठूलो वा सानो बनाउने जीनबारे अनुसन्धानकर्ताहरुले वृहत विवरण पत्ता लगाइरहेकै बेला स्तनको असन्तुलित आकारले उचित ब्रा कप खोज्न झन्झटबाट मुक्त पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग