१०३ किलो गाजासहित मकवानपुरमा एकजना पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले लागूऔषध गाजासहित मकवानपुरमा एकजनालाई पक्राउ गरेको छ । राक्सिराङबाट गाजा लिएर आउँदै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले ग१ज ७२१९ नम्बरको बोलेरोमा रहेको गाजासहित राक्सिराङ-५ का पूर्णबहादुर थिङलाई पक्राउ गरेको हो ।

 

बोलेरोमा मनहरीतर्फ ल्याउँदै गरेको अवस्थामा १०३ किलो ग्राम गाजासहित थिङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

 

प्रहरीले बोलेरोबाट प्लाष्टिकको ५ वटा बोरामा प्याक गरेको १३ वटा पोका फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका थिङलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा चलाइने प्रहरीले बताएकेा छ । ऐनमा २ वर्ष देखि १०वर्ष कैद र १५ देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...