२०४५ सालको भूकम्पमा पिडितलाई राहत बाँड्न राजा वीरेन्द्र आफैं गएका थिए (तस्बिर सहित)



हाम्रो इकोनोमि

 

२०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि नेपालका धेरै ठाउँमा बेला बेलामा पराकम्पन जाने कर्म चली नै रहेको छ ।

यसै क्रममा सोमबार बिहान काठमाडौंलाई भूकम्पको धक्काले राम्रैसँग हल्लायो । मकवानपुरको चित्लाङलाई केन्द्रविन्दु बनाएर गएको ४.१ रेक्टर स्केलको भूकम्पको धक्कालाई धेरैले महसुस गरे ।

त्यसैगरी सोमबार साँझ नै बैतडीमा एक घन्टाको फरक गरेर दुईचोटि भूकम्प गयो । ०७२ सालमा गएको जस्तै भूकम्प आउने चर्चा चलिरहेका बेला समय समयमा आउने भूकम्पले झन् चिन्ता बढाएको छ ।

अझै पनि ०७२ सालमा गएको भूकम्पबाट पीडितहरूले राहत पाउन सकेका छैनन् । यसबीचमा चारवटा सरकार परिवर्तन भइसकेका छन् । सरकारमा बस्नेहरूले अहिले भूकम्पले गरेको असर र क्षति बिर्सिसकेका छन् ।

यही क्रममा सामाजिक सञ्जालमा २०४५ भदौ ५ गते गएको भूकम्पले गरेको असर र राजा वीरेन्द्र आफैं घटनास्थल पुगेको तस्बिर सेयर भएको छ । सो तस्बिर काठमाडौं उपत्यकाकै कहीँको हुनुपर्छ ।

त्यसबेला ६ रेक्टर स्केलको भूकम्प गएको थियो । केही मानवीय क्षतिका साथै भौतिक संरचना भने धेरै भएको थियो । तस्बिरमा राजा वीरेन्द्र राहत बोकेर पीडितहरूलाई बाँड्न गएका थिए । त्यसको डेढ वर्षपछि त नेपालमा प्रजातन्त्र आइहाल्यो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...