प्रेमीसँग मिलेर छोरीको हत्या



हाम्रो इकोनोमि

 

सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका डंग्राहीका ३० वर्षीय सूर्यनारायण मण्डल जस्तै सप्तरीबाट विदेशीनेको संख्या ८८ हजार पुगेको छ।  सूचना तथा परामर्श केन्द्र राजविराजका संयोजक रामप्रमेश मण्डलका अनुसार सप्तरीका ८८ हजार बढी मानिस विदेशिएका हुन्।

 

श्रीमतीको खुशी र सन्तानको राम्रो भविष्यको सपना बुनेर विदेशिएका मण्डलको सपना घर फर्किदा चकनाचुर भइसकेको थियो। श्रीमती र छोरीका लागि साउदी अरबबाट भरिएको झोला ल्याउँदा उनको घर भने रित्तिसकेको थियो।

 

भिसाको अवधि सकिएकाले दुई वर्षपछि घर फिर्दै गरेको कुरा उनले टेलिफोनबाट श्रीमतीलाई सुनाएका थिए। खुशी हुँदै घर पसेका उनी एक साथ आश्चर्य र चिन्तामा परे। उनले घरमा २५ वर्षीया श्रीमती रानीदेवी र साढे एक वर्षीया छोरी प्रमिलालाई देखेनन्।

 

सूर्यनारायण घर आउनु चार दिन अघि नै उनीहरु बेपत्ता थिए। सूर्यनारायणले ससुराली, इष्टमित्र, आफन्त सबैतिर खोजे। केही पत्तो नलागेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७३ साउन ३० गते खोजतलाशका लागि हुलिया जाहेरी दिए। जाहेरी अनुसार सोही दिनदेखि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गर्यो।

 

अनुसन्धानकै क्रममा रानी र शिवशंकरलाई प्रहरीले काठमाडौंबाट ०७३ असोज १२ गते फेला पा¥यो। सूर्यनारायणले फोन गरेकी दिन श्रीमती प्रेमी राजगढ गाउँपालिका मलेकपुर गाविस-१ का २९ वर्षीय शिवशंकर मालीसँग काठमाडौं भागेकी थिइन्।

 

तत्कालीन एसपी भिम ढकालका अनुसार श्रीमान् आउने भएपछि प्रेमीसँगको सल्लाहमा दुबै जना घर छाडेर भागेका रहेछन्। प्रेमीसँग भागेको कुरा सूर्यनारायणले जसोतसो सहने हिम्मत जुटाइरहेका थिए। त्यसैबीचमा केही दिनपछि आरोपितले सरकारी वकिल र प्रहरीसमक्ष दुधे बालिकाको हत्या गरेको स्वीकार गरे। यो कुराले सूर्यनारायण मात्र नभई सिंगो गाउँ स्तब्ध बन्यो।

 

पक्राउ परेका आरोपित तत्कालीन जिल्ला न्यायाधीश राजेश काफ्लेको आदेशले ०७३ कात्तिक ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। बालिकाको हत्या गरी राजविराज-हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलामा बगाएको तथ्य पुष्टि भएको भन्दै जिल्ला अदालत, सप्तरीले ०७५ फागुन १५ गते दुबै आरोपितलाई जन्मकैद सजायको अन्तिम फैसला सुनाएको छ।

 

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाका अनुसार  बालिकाको हत्यपछि शव दबाउने अभिप्रयाले खोलामाा बगाएकाले उनीहरुलाई ६ महिना कैद थप गरिएको छ।

 

भागी विवाह गरेकी रानी मालीसँगै जेल परेपछि दुई वर्षअघि सूर्यनारायणले गाउँकै अमेरिकादेवीसँग विवाह गरेर नयाँ जीवन सुरु गरेका छन्। जसबाट एक वर्षीया छोरी छन्। रानीतर्फका छोरी आठ वर्षीया प्रतिभा र छोरा ६ वर्षीय प्रदिपको पालनपोषण अमेरिकादेवीले गरिरहेकी छन्।

 

सूर्यनारायण भने फेरि विदेशिएका छन्। केही वर्ष दुःख गरेर कमाइ ल्याएको रुपैयाँले ऋण तिर्ने र पछि आफ्नै ठाउँमा व्यवसाय गर्ने भन्दै एक वर्ष अघि उनी साउदी अरब हानिएको भाइ दिपेन्द्रले बताए।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...