जबरजस्ती लोला हाने १०० मा फोन गर्नुस् , तत्काल पक्राउ गरेर कारवाही गर्ने प्रहरीको उर्दी



हाम्रो इकोनोमि

 

बुधवार मनाइने होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ । होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् ।

 

‘कसैले इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्नुस्’ एसएसपी लामाले भने, ‘प्रहरी तत्काल घटनास्थल पुग्छ, हामी पक्राउ गरेर कारवाही गर्छौं ।’  होलीको अवसरमा ठूला कार्यक्रमहरु समेत आयोजना गरिने काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिने छ ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको स्वयम्भुस्थित भुइँखेल चौर,   भृकुटीमण्डप, सिफल चौर, गोंगबु बसपार्क, लैनचौर, ठमेल, क्षेत्रपाटी र  सामाखुसी लगायतका १८ स्थानका होली विशेष कार्यक्रम गर्न अनुमति दिएको छ ।

 

असन, होटल मल्ल र कुलेश्वर भलिबल ग्राउण्डमा समेत अनुमति लिएर होली विशेष कार्यक्रम गर्न लागिएको जनाइएको छ। होली विशेष ठूला कार्यक्रममा १५ जनाको दरले प्रहरी परिचालन गरिने काठमाडौं प्रहरीले जनाएको छ ।

 

होलीको बाहना बनाएर सडकमा हिँड्डूल गर्ने युवा युवतीहरुलाई जवरजस्ती लोला हान्नेहरुलाई तत्काल नियन्त्रणमा लिइने र गल्ती स्वीकार गरेमा एक पटकमात्र अभिभावकको जिम्मा लगाएर छाडिने प्रहरी वरिष्ठ उपरीक्षक लामाले बताए ।

 

उनले भने, ‘यदि कसैले दोस्रो पटक जवरजस्ती लोला हान्ने हर्कत गर्दैन र अभिभावकले प्रहरीलाई आस्वस्त बनाउँछन् भने एकपटकलाई छाड्छौं अन्यथा कानुनी कारवाही हुन्छ ।’ काठमाडौं प्रहरी परिसरले ‘होली विशेष सुरक्षा योजना’ बनाएर सोमबारदेखि नै प्रहरी परिचालन गरिसकेको छ ।

 

काठमाडौं प्रहरीले दिएको जानकारी अनुसार १०७ ठाउँमा पिकेट ड्युटी परिचालन गरिएका छ । कार्यक्रम हुने स्थान र सडकमा पैदल हिँड्नेहरुका लागि समस्या नपरोस् भन्नका लागि पिकेट ड्युटी खटाउने गरिन्छ ।

 

२० स्थानमा मोवाइल टोली, क्विक रेस्पोन्स टीम ‘क्युआरटी’ मोटरसाइकल ९२ वटा, २८ स्थानमा पैदल गस्ती,  चार स्थामा ट्राइकिङ फोर्स र ११ ठाउँमा रिजर्भ फोर्स तैनाथ गरेर होलीको सुरक्षा गर्नेगरी काठमाडौं प्रहरीले योजना बनाएको छ ।

 

‘होलीको पूर्वसन्ध्यामा हामीले माइकिङ तथा जनचेतनामूलक –याली पनि गरिरहेका छौं’ एसएसपी लामा भन्छन्, ‘अन्तरक्रिया कार्यक्रम मार्फत पनि हामीले इच्छा विपरित लोला नहान्न अनुरोध गरेका छौं, छतबाट फोहोर पानी फाल्ने लगायतका सवै हर्कत नियन्त्रण गर्छौं ।’

 

फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ ।  होली खेलेर बिना हेलमेट मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याइने पनि काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...