सहायक सीडीओ चढेको गाडी क्रान्तिकारीको नियन्त्रणमा



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले कास्की जिल्लाका सहायक सीडीओ चढेको गाडी नियन्त्रणमा लिएका छन्।

शनिबार कास्की जिल्लाका सहाय सीडीओ चित्रांगन बराल चढेको गाडी कास्की जिल्लाको मादी गाउँपालिका ५ सुनपधेँरीबाट क्रान्तिकारीले झण्डै १ घण्टा नियन्त्रणमा लिएको हो। गाडीमा उनकी हजुरआमा र अर्की एक महिला सवार थिए।

सार्वजनिक बिदाको दिन पारिवारिक कामका लागि सरकारी गाडीको प्रयोग गरेका कारण नियन्त्रणका लिएको क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले बताए।

सार्वजनिक बिदाको दिन बिनापास सरकारी गाडी चलेको देखेपछि नियन्त्रणमा लिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

उनले पक्राउ परेको गाडी सीडीओको अनुरोधमा सहायक सीडीओले अव आइन्दा दुरुपयोग नगर्न प्रतिवद्धता जनाएपछि प्रहरीलाई बुझाएको जानकारी दिए।

उनले क्रान्तिकारीले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनलाई अन्य प्रयोजनका लागि चलाउने नदिने अभियान अन्तर्गत नै गाडी नियन्त्रणमा लिएको बताए।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...