‘म त बाँचेर फर्किएँ, भो तपाईहरु चाहिं नजानुस् विदेश’ : राधिका



हाम्रो इकोनोमि

 

‘म त बाँचेर फर्किएँ, भो तपाई चाहिं नजानुस् विदेश’ -राधिका

रञ्जना लम्साल, कावासोती, माघ ८राधिका माझी उमेरले भर्खर २१ बर्ष पुगिन् तर उनको विहे भएको ५ वर्ष पुरा भयो घरमा उनी,श्रीमान र दुई बर्षकी छोरी छन्सम्पत्तिको नाममा एउटा सानो घर छ

ज्याला मजदुरी गरेर गुजाराचल्छ दुवै श्रीमान् श्रीमति घर बनाउने श्रमिक हुन् दुईजनाले दिनमा १ हजार कमाउँछन् । राधिकालाई अहिलेकप्रति कुनै गुनासो छैन तर आफ्नो गाउँबाट कोहि महिला विदेश जाने रे भन्ने सुन्दाउनको खुट्टा थरथर काँप्छभक्कानिएर रुन मन लाग्छशरीर भारी हुन्छ अनि विदेश नजानुसदुःख हुन्छ भन्न मात्र मन लाग्छत्यहाँ पुगेर आफूले कुटाई खाएको,

लुटिएको कुरा सुनाएर विदेशजान ठिक्क परेकाहरुलाई विदेश जानबाट रोकौं भन्ने पनि लाग्छतर उनलाई घर परिवार, समाजलेके भन्ला? आफू लुटिएको कुरा बताएर कसरी बस्न सकिएला भन्ने त्रासले बोल्न रोक्छ आफ्नोभविष्य सम्झेर उनी चुप लाग्छिन् ।

विदेश जानु अघि

१६ बर्षकी थिइन् राधिका । गाउँमा काम गर्न जाने क्रममा उनको एक युवासँग भेट भयो । मायाबस्यो । भागेर विहे गरे उनीहरुले । यसरी नै दुई बर्ष वित्यो । उमेर हुँदै केहि कमाउने दवाव बढ्दैगयो । गाउँका अरु पनि विदेश गएको देखेकी राधिकालाई पनि विदेश जाउँ-जाउँ लाग्न थाल्यो ।श्रीमानसँग सल्लाह गरिन् । ज्याला मजदुरीको कामबाट त्यति सन्तुष्ट नरहेका उनका श्रीमानले पनिविदेश जानु नै उचित ठाने । धेरै कमाउने आशाले राधिकाको मनमा डेरा जमायो ।

उनले माईतीमा भाउजुलाई आफू विदेश जाने मनस्थीतीमा रहेको कुरा सुनाईन । भाउजुको माईतीनजिकैकी एकजना ‘दिदी’ले विदेश पठाउने गरेको र उनी मार्फत गए राम्रो कमाई हुने कुरा भाउजुमार्फत सुनिन् राधिकाले । त्यसैले तिनै ‘दिदी’ मार्फत भारतको बाटो भएर लागिन् उनी विदेश ।दिल्लीमा वित्यो पहिलो महिना, भिषा पर्खेर ।

दिल्लीमा नै केहि आशंका थपियो । ति ‘दिदी’ले दिल्लीमा एकजना भारतीय व्यक्तिको जिम्मालगाईन् उनलाई । दिल्लीमा आफूलाई गरिएको व्यवहारले गर्दा विदेश नजाने निर्णयमा पुगिसकेकीथिईन् । उनी तर घर फर्किने कुनै उपाय थिएन । एउटा कोठामा बन्धक बनाएर राखिएको थियो ।झिनो आशा थियो सायद विदेश गए पछि उनको जीवनमा परिवर्तन आउने छ भन्ने । त्यसैलेविदेशको बाटो हिंडिरहिन् उनी ।

एक महिनाको दिल्ली बसाईपछि उनी पुगिन् युएई । त्यहाँ पुगेपछि पनि एउटा कोठामा राखियो ।त्यहाँ उनी लगायत अरु धेरै नेपाली दिदीबहिनी थिए । युएई पुगेपछि आफु नराम्रो ठाउँमा आईपुगेंजस्तो लाग्न थाल्यो राधिकालाई ।

युएईमा उनी १५ दिन बसिन् । त्यसपछि उनी कुवेत पुर्याइन् । त्यहाँ पुगेपछि एउटा घरमा काम गर्नपठाइयो । सो घरका सदस्यले उनलाई नराम्रो व्यवहार गर्न थाले । काम गरेको चित्त नबुझेपछि घरमालिक्नि पिट्न आउँथिन् । न पेटभरी खाना थियो, न त रातमा निन्द्रा नै । राती २ बजेसम्म पनि सुत्नेटुङ्गो हुँदैनथ्यो । बिहान ४ बजे उठ्नै पर्ने नत्र कुटाई खानु परिहाल्थ्यो ।

एउटा गिलास फुट्दाको यातना

धेरै कमाउने आशा लिएर विभिन्न ठक्कर खाँदै कुवेत पुगेकी राधिका त्यहाँको भाषा बोल्नजान्दिनथिन् । काम गर्ने क्रममा उनको हातबाट एउटा गिलास भुईमा खस्यो । त्यो गिलास फुटेकोनिहुँमा घर मालिक्निले बेसरी पिटिन् । पीडाले चिच्याउँदा अझ धेरै कुटाई खाइन् उनले । कुटाईबाटज्यान थिलथिलो भएको थियो । उनले न काम गर्न सकिन्, न त उनले खान नै पाईन् । आठ दिनसम्मउनी भोकै बसिन् । उनको खुटृा पुरै सुनिएको थियो । अव त उठेर हिडडुल गर्न पनि नसक्ने भएकीथिईन् राधिका ।

काम गर्न नसक्ने अवस्थामा पुगेपछि घरमालिकले राधिकालाई अफिसमा लगेर बुझायो । त्यहाँपुगेपछि उनले बल्ल खाना खान पाईन् । घरबाट हिंडेको लगभग दुई महिना पछि उनले श्रीमानलाईरुँदै फोन गरिन । भारतमा रहँदा श्रीमानसँग कुरा भएको थियो । त्यसपछि उनको श्रीमानसँग त्योदोस्रो पटक भएको कुराकानी थियो ।

श्रीमतीले रुँदै फोन गरेपछि उनका श्रीमान श्रीमतीलाई नेपाल झिकाउन त्यहि विदेश पठाउनेदिदीलाई भेट्न गए । उनले हुन्छ हुन्छ भन्दै टारिरहिन् । तर राधिका आउने अत्तो पत्तो भएन ।प्रहरीको सहयोगमा मानव बेचबिखनको मुद्धा दायर गरि विदेश पठाउने ति एजेन्ट महिलालाईपक्राउ गरियो । त्यसको ११ दिनपछि उनी नेपाल फिर्ता भईन ।

राधिकालाई आफु बाँचेर नेपाल फर्किन्छु भन्नेसम्म पनि लागेको थिएन । घर फिर्ता भएपछि पनि केहिसमय त बिदेशको पिडा सम्झेर नै बिते राधिकाको दिनहरु । तर आजभोली भने उनी नियमितआफ्नो त्यहि ज्याला मजदुरीको काम गर्छिन ।

गाउँबाट कोहि महिला बिदेश जाने भन्ने सुन्दा उनलाई आफ्नो घाउमा नुनचुक छरेजस्तै हुन्छ ।आफूले खाएको कुटाई, भोगेको यातना ताजा भएर आउँछ । त्यसैले उनी विदेश नजानुस्, आफ्नैदेशमा केहि गर्नुस् भन्छिन् । उनका कुरा सवैजसोले सुन्छन् तर बिदेश नजाने निर्णय चाहिं गर्दैनन् ।यो देख्दा अझ धेरै पीडा हुन्छ राधिकालाई ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...