फेसबुकमा गम्भीर समस्या, स्टाटस र तस्बीर पोस्ट गर्न नपाएपछि प्रयोगकर्ता तनावमा



हाम्रो इकोनोमि

 

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा गम्भीर समस्या देखिएको छ ।  फेसबुकमा समस्या देखिएपछि विश्वभरका कराेडाैँ प्रयोगकर्ताहरू तनावमा परेका छन । प्रयोगकर्ताले पछिल्लो १२ घण्टा यता स्टाटस वा तस्बिर राख्न पाएका छैनन् । फेसबुकसँगै इन्स्टाग्राममा पनि समस्या देखिएको छ ।

बुधबार रातिदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या देखिएको छ।

फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...