ताप्लेजुङमा दुर्घटना भएको हेलिकोप्टरको बीमा २७ करोड २४ लाख



हाम्रो इकोनोमि

 

गत फागुन १५ गते ताप्लेजुङमा एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनामा पर्दा मुलुकका विकासका योजनाकार तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित सात जनाको निधन भयो । उक्त हवाई दुर्घटनापछि शोकमा परेको मुलुक विस्तारै रफ्तार लिन थालेपनि पोखरामा अझै मन्त्री अधिकारीको निधनमा शोकमै रहेको भान हुन्छ । १३ औं दिनको पुण्य तिथिमा दुई दिन अघि शोक मनाएको पोखरामा त्यहाँ बनिरहेको नयाँ विमानस्थलको नाम समेत उहाँकै नाममा राखिनुपर्ने तर्क अघि सारेको छ ।

मन्त्री अधिकारीसँगै अर्का पर्यटन क्षेत्रका हस्ती यति एयरलाइन्स तथा हिमालय एयरलाइन्स अनि एयर डाईनेष्टीका मालिक आङछिरिङसहित सात जनाको निधन भएको थियो ।

उक्त दुःखदायी घट्नापछि बीमा दावी प्रक्रिया सुरु गरिएको छ । यद्यपि एयर डाईनेष्टिले बीमा गर्ने कम्पनी आईएमई जनरल इन्स्योरेन्समा भने पेश गरिसकेको छैन । आईएमई जनरल इन्स्योरेन्सका डेपुटी सिईओ पवन थापाले बीमान्यूजलाई दिएको जानकारी अनुसार एयर डाईनेष्टिले आईएमई जनरल इन्स्योरेन्समा दावी पेश गरेपछि आईएमई जनरल इन्स्योरेन्सले पुनः पुनर्बिमा कम्पनीमा दावी पेश गर्नेछ, पुनर्बिमा कम्पनीले भुक्तानी दिएपछि एयर डाईनेष्टिलाई हस्तान्तरण गरिने छ ।

बीमा न्यूजलाई प्राप्त तथ्याङ्कमा एयरबस कम्पनीद्वारा निर्मित एएस–३५० मोडलको हेलिकोप्टरको खरिद मूल्य २२ लाख डलर बीमा गरिएको थियो । हाल उक्त हेलिकोप्टरको मूल्य करिब २६ लाख डलर पुगिसकेको छ । खरिद गर्दा प्राप्त बिलको आधारमा बीमा गरिने लगायत एभिएशनको आफ्नै अन्तर्राष्ट्रिय स्टाण्डर्ड अनुसार बीमा गरिएको आईएमई जनरल इन्स्योरेन्सका डेपुटी सिईओ थापाले बीमा न्यूजलाई बताए ।

त्यस्तै एयर डाईनेष्टीले प्रतियात्रु २० हजार अमेरिकी डलरका दरले दुर्घटना बीमा गरिएको थियो । सो आधारमा छ जना यात्रुको बीमा दावी एक लाख २० हजार डलर हुन आउँछ । त्यस्तै पाईलट एक जनाको एक लाख डलर बीमा गरिएको छ । उक्त आधारमा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाको कूल बीमा दावी २४ लाख २० हजार डलर पर्नेछ । अमेरिकी डलरको आजको मूल्य ११३ का दरले हिसाब गर्दा कूल २७ करोड २४ लाख ६० हजार रुपैयाँ बीमा दावी पर्ने देखिएको छ ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीले करिब शतप्रतिशत नै बीमा दावी विदेशी पुनर्बिमा कम्पनीमा गरिएको कारण सो कम्पनीले बीमा दावी रकम अत्यन्तै न्यून मात्रै व्यहोर्नुपर्नेछ । यद्यपि अत्यन्तै थोरै प्रतिशत व्यवहोर्दा पनि २७ करोड रुपैयाँको बीमा दावी भुक्तानी गर्दा करिब एक करोड हाराहारी नेपाली कम्पनीले व्यवहोर्नुपर्ने देखिन्छ ।

बीमा अनुसार निधन भएका व्यक्तिका परिवारले २६ लाख पाउनेछन् भने पाइलटका परिवारले एक करोड १३ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै हेलिकोप्टर कम्पनीले २४ करोड ८६ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...