माेबाइलमा भिडियो हेरेर बच्चा जन्माउने प्रयास गर्दा अविवाहित आमा र बच्चा दुबैको मृत्यु



हाम्रो इकोनोमि

 

भारतकाे  उत्तर प्रदेशको गोरखपुरमा २५ वर्षीया अविवाहित गर्भवतीले भिडियो हेरेर शिशु जन्माउने कोसिस गर्दा आमा र बच्चा दुबैको ज्यान गएको छ । एजेन्सी समाचारका अनुसार ती युवती कसैको सहयोग बिना नै बच्चा जन्माउन चाहान्थिन् ।

 

गोरखपुर प्रहरीका अनुसार ती युवती बहराइचकी हुन् । चारदिन पहिले गोरखपुरको बिलंन्दपुर इलाकामा कोठा भाडामा लिएर बस्दै आइरहेकी थिइन् । आइतबार अन्य कोठामा बस्नेहरुले उनको ढोकाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको कोठामा एक मोबाइल फेला पारेको थियो जसमा प्रसव भिडियो ‘प्ले’ भैरहेको थियो ।

कैन्ट पुलिस थानाका एसएचओ रवि रायले भने ‘महिला अविवाहित थिइन् । उनी आफ्नै कोठामा एक्लै बच्चा जन्माउने कोसिसमा थिइन् । बच्चा जन्माउने क्रममा उत्याधिक रक्तस्रावका कारण उनको ज्यान गयो । उनी यो इलाकामा चार दिन पहिलेमात्र आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...