इथियोपियन विमान दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु



हाम्रो इकोनोमि

 

 

आइतबार भएको इथियोपियन विमान दुर्घटनामा परि एक नेपालीको पनि मृत्यु भएको छ । मुत्यु हुनेमा गोरखाकी एकता अधिकारी रहेकी छिन् । उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत रहेको बताइएको छ । अधिकारी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन विमानमार्फत नैरोबी जादै थिइन् ।

 

एकता २ वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन् । विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपतको स्थितिमा एकता विश्व खाद्य कार्यक्रमको ‘आपतकालीन राहत कार्यक्रम’मा संलग्न थिइन् । डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले पनि आफ्ना कर्मचारी दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

WFP Nepal@WFP_Nepal

WFP stands in solidarity with family members to mourn Ekta Adhikari who died yesterday on the Ethiopian Airline tragedy. A talented humanitarian who brought joy to many lives.

43 people are talking about this

विमान दुर्घटना परि ३३ देशका नागरिक मृत्यु भएको एयरलाइन्सले जनाएको छ । विमान दुर्घटनामा ३२ जना केन्यालीको निधन भएको छ भने १८ जना क्यानाडाका नागरिक रहेका छन् ।

 

त्यसैगरी, इथोपियन ९ चिनियाँ ८ र ४ जना भारतीय रहेका छन् । राजधानी अतिस अबाबाबाट बिमान उडेको केही समयपछि नै दुर्घटना परेको थियो । विमानमा १ सय ४९ यात्र र ८ जना चालक दलका सदस्य थिए । नेपाल सरकारले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

 

टिकट ढिलाईले जोगिए यी नेपाली

यसैबीच, टिकटमा भएको ढिलाइका कारण इथोपियामा आइतबार भएको विमान दुर्घटनाबाट एक नेपाली भने जोगिएका छन् । दुर्घटनामा परेकै विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी भने टिकटमा भएको ढिलाइका कारण जोगिएका हुन् ।

 

जिसीले फेसबुकमा कार्यक्रमका लागि प्राप्त टिकटका अनुसार आफू उक्त बिमानमा हुनुपर्ने उल्लेख गर्दै आफू नेपालमै रहेको र ठिक रहेको बताएका छन् । साथै आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण उनले सुष्मा दाहाल पोख्रेललाई पनि धन्यवाद दिएका छन् ।

 

उनले लेखेका छन्, ’म नेपाल मै छु, ठीक छु । कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार मपनि यो विमानमा हुनुपर्ने थियो । म आफ्नै कारणले ‘लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिए ।

 

जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरे अनि सम्झिए म अर्को पटक बाँचे । साथमा दान मामा होइसिन्थ्यो । फेरि ढाडस दिँदै केही आफन्त र शुभेच्छुकहरुले गर्नुभएको म्यासेज र चासोका लागी कृतज्ञता प्रकट गर्छु । जानु पर्ने तर, गैइएन भनेर माधव नेपाल ज्यूलाई जानकारी थियो । सुष्मा दाहाल पोख्रेलजीले टिकटमा गरिदिएको ढिलाई पनि धन्यवाद लायक रह्यो ।’

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...