चितवनमा किवी र हलुवाबेतको खेती सुरू



हाम्रो इकोनोमि

 

भरतपुर । चितवनको पहाडी क्षेत्रमा किबी र हलुवाबेतखेती सुरू गरिएको छ । राप्ती नगरपालिकाको लोथर र कोराकका चेपाङहरुले किवी र हलुवावेदको खेती गर्न सुरू गरेका हुन् ।

राप्ती नगरपालिका वडा नं १२ का किसान इमान चेपाङ र राप्तीकै वडा नं १३ का ढल्कबहादुर चेपाङले तीन÷तीन रोपनी गरी ६ रोपनीमा किवीखेती गरिरहेका छन् । उनीहरुसँगै थप चार जना किसानले हलुवावेदको खेतीसमेत गरेका छन् ।

किसानद्वयले चितवनमै पहिलो पटक किवीखेती गरेका हुन् । उनीहरुलाई किवीखेती लगाउने तालिमदेखि बिरूवा वितरण गर्नेसम्मको काम राप्ती नगरपालिकाले गरेको हो ।

लामो समयको अध्ययनपछि राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा किवीखेती र हलुवाबेतको खेती हुने देखियो’ राप्ती नगरपालिका प्रमुख प्रभा बरालले भनिन्, ‘त्यसपछि हामीले चेपाङ किसानहरुलाई तालिमदेखि बिरूवा वितरणको काम गरेका हौँ ।’

किसान चेपाङका गराहरुमा यतिबेला किवी र हलुवावेतको पालुवा पलाइरहेको छ । राप्ती नगरपालिकाले किसान छनोट गरेर दुई जना चेपाङ किसानलाई दामन लगेर किवीखेतीको तालिमसमेत दिएको थियो ।

प्रमुख बरालले पहिलो वर्ष हामीले छ जना किसानलाई किवी र हलुवावेतको खेती गर्न लगाएको बताइन् । उनले भनिन्, ‘अर्को वर्ष अरु थप किसानलाई किवी र हलुवाबेतका बिरूवा वितरण गर्ने योजना छ ।’

किसानद्वयलाई ३०/३० वटाको दरले किवीको बिरूवा वितरण गरिएको राप्ती नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेले बताए । उनले किबीखेतीका लागि चाहिने मल पनि वितरण गरेको बताए ।

‘खेती गर्न लागेको हालसम्मको खर्चमा ८० प्रतिशत नगरपालिकाले र २० प्रतिशत किसानले व्यहोरेका छन्’ प्रमुख न्यौपानेले भने, ‘चेपाङ किसानको जीवनस्तर उकास्न नगरपालिकाले किवी र हलुवाबेत रोपणको कार्यक्रम ल्याएको हो ।’

राप्ती नगरपालिकाले छ जना चेपाङ किसानलाई ४०५ वटा हलुवावेदको बिरूवा वितरण गरेको जनाएको छ । चेपाङ किसानहरुका अनुसार १५ रोपनीमा हलुवावेतखेती सुरू गरिएको छ । किवीखेती ११ सय मिटरभन्दा माथिको उचाइमा हुन्छ ।

फलफूलको राजा मानिने सर्वगुणी र लाभकारी किवी एक पोषणयुक्त फल हो । विशेष गरेर बालबालिका र सुत्केरी महिलालाई पोषणका लागि खुवाइने यस फलको आकर्षण बढ्दै गएपछि विभिन्न जिल्लाहरुमा यसको विस्तार हुँदै गएको छ ।

समुद्री सतहको आठ सयदेखि तीन हजार मिटर उचाइसम्म खेती गर्न सकिने किबीका लागि माटोको अम्लीयपना पाँचदेखि साढे ६ सम्म हुन आवश्यक रहेको विशेषज्ञ बताउँछन् । लगाएको तीन वर्षमा किबी फल्छ । किबी फल लागेको सरदर २२० दिनमा टिप्न सकिन्छ ।

 

हलुवाबेत ज्यादा गुलियो हुने फल हो । हलुवाबेतमा ग्लुकोजका अलावा सन्तुलित मात्रामा प्रोटिन पनि पाइन्छ । हलुवाबेत एक समशितोष्ण किसिमको फलफूल हो । तर फल फल्ने समयमा तापक्रम पुगेन भने टर्रोपना आउन सक्छ । त्यसैले गर्दा फल लाग्ने समयमा घाम लाग्ने मोहडा भएको जग्गा छनौट गर्नुपर्छ । सुन्तला जातको फलफूलखेती गर्न सकिने स्थानमा हलुवाबेतको खेती गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...