मोरङमा नेकपा प्रबेश गर्नेको घुँइचो, नयाँ शक्तिका केन्द्रीय सदस्यसहित २ सय ८ जना प्रवेश



हाम्रो इकोनोमि

 

नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्वर १ का संयोजक देवराज भण्डरी सहित २ सय ८ जना नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

 

मोरङको पथरीशनिश्चरेमा नेकपाले आज आयोजना गरेको ‘पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताउनु भएको छ ।

मन्त्री ढकालले नयाँशक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको नेकपा नै भएको जनाउनु भएको छ ।

उहाँले सुकुम्वासी सहितका बसोवासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजाति सहितको बहुजातिय साँस्कृतिक संग्रहालयको प्रक्रिया अघि बढेको जानकारी गराउनु भएको छ ।

पार्टी प्रवेशी अगुवा देवराज भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफुहरु एकाकार भएको धारण राख्नु भयो ।

उहाँले आफुले केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईसँग समेत एकीकरणका विषयमा कुरा गरिरहेको उल्लेख गर्नुभयो । आफुले नयाँशक्तिका प्रदेशका अगुवाहरुसँग कुरा गरिरहेको समेत वताउनु भयो ।

पथरीशनिश्चरे १ निवासी भण्डारी ०४२ सालदेखि ०५४ सम्म एमाले, ०५५ देखि ०७२ सम्म माओवादी र ०७२ देखि जनशक्ति पार्टीमा रहनु भएको थियो । माओवादीमा रहँदा जनमुक्ती सेनाको बटालियन् कमिसार समेत रहनु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा, नयाँशक्तिका केन्द्रीय परिषद सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्व जनमुक्ति सेनाका मोरङ संयोजक जितबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य बासु बराल, प्रदेश सदस्य एवम् ३ नम्वर क्षेत्रीय संयोजक पर्शुराम मिश्र सहित पार्टीमा प्रवेश गर्नुभएको छ ।

सूर्यबहादुर श्रेष्ठ, यशोदा खनाल, डिल्ली आपागाईं, खगेन्द्र वस्नेत, कृष्ण खड्का, नेत्रप्रसाद दहाल, चिन्तामणि पोखरेल, भूपाल ठटाल, नगेन्द्र रिजाल, रोशन खरेल, पूर्ण लिम्बू, नगेन्द्र रिजाल, टीकाविक्रम चौहान, मानबहादुर श्रेष्ठ, उमानाथ भण्डारी, कुलमाया भण्डारी, घनश्याम गिरी पनि पार्टी प्रवेश गर्नुभयो ।

त्यसैगरी, पार्टी प्रवेश गर्ने अन्यमा, सन्तोष ढुंगेल, गोपाल ठटाल, हरि गिरी, टंक घिमिरे, ताराप्रसाद ढकाल, ख्याम न्यौपाने, झलराज तिम्सिना, दुर्गाप्रसाद तामाङ, अर्जुन श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, दुर्गादेवी तिम्सिना, विशाल राई सहित रहनु भएको छ ।

कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ, पूर्व सांसद ऋषिकेश पोखरेल, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, गोपी अछामी सहितका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...