८७ हजार घुससहित अधिकृत र सुब्बा पक्राउ



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अप्रेशनका क्रममा बुधबार दुईवट कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारको बुटवलस्थित कार्यालयबाट गएको टोलीले नेपालगञ्जस्थित दुईवटा सरकारी कार्यालयबाट दुईजनालाई घुससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकजना नेपालगञ्ज भन्सार कार्यालयका नायब सुब्बा र अर्का क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत रहेका छन् । यी दुवैलाई अख्तियारको टोलीले घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

अख्तियारको टोलीले नेपालगञ्ज भन्सार कार्यालयका नायव सुब्बा लक्षमण चन्दलाई उनको कार्यालयबाटै ५२ हजार घुससहित पक्राउ गरेको छ ।

त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पुगेको अख्तियारको टोलीले त्यहाँका एकजना अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार सरकारी कार्यालयमा थालिएको स्टिङ अप्रशेनका क्रममा दुवैजना पक्राउ परेका हुन् । अख्तियारले केही समययता जनसम्पर्क बढी हुने कार्यलयमा अनुसन्धान अधिकारी पठाएर घुस, ढिलासुस्ती र अन्य लेनदेनमाथि कडा निगरानी राख्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...