माछा तराईको, स्वाद मलेखुको



हाम्रो इकोनोमि

 

माछाका लागि चिनिदै आएको मलेखु बजार यतिबेला तराईका माछाले भरिएको छ । वि.स.२०३५ सालदेखि स्थानीय छविलाल मरहठ्ठाले माछाको व्यवसाय थालनी गरेपछि मलेखुलाई माछा बजारको रुपमा चिनिदै आएको छ ।

यहाँका स्थानीयहरुले पोखरीमा माछा पालेर व्यवसाय सुरु गरेका थिए । जसका कारण पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेहरु माछा खान भनेर नै रोकिने गर्दथ्यो ।

व्यवसाय थालनी गरेपछि यहाँ वरपर माछाको व्यवसाय गर्नेको संख्या विस्तारै बढ्दै गएको थियो ।

करीब ४० वर्षको अवधिमा मलेखु बजार तराईको माछामा आत्मनिर्भर हुनुपरेको छ ।

माछाको नामले देशविदेशमा परिचित बनेपनि पछिल्लो समय मलेखु आसपासका क्षेत्रमा माछा उत्पादन हुन छाडेपछि जनकपुर, विरगंज, नारायणघाट तथा तराईको माछाको भर पर्नु परेको मलेुखका व्यापारी रमेश सेढाईले बताए ।

पहिले स्थानीयस्तरमा नै उत्पादन भएको माछाले थेगेको मलेखुबजार अहिले तराईको माछामा आत्मनिर्भर हुनुपरेको छ ।

उत्पादित माछाले बजार धान्न नसकेपछि मलेखु बजारमा मात्र प्रतिदिन एकदेखि तीन टन भन्दा बढी माछा तराईका जिल्लाहरुबाट र भारतीय बजारबाट आयात हुने व्यापारीहरु बताउँछन् ।

केही समय अघिसम्म मलेखु बजारमा त्रिशुली नदी कै स्थानीय जातका माछाहरु खान पाईने भएपनि अहिले उपभोक्ताहरुको माग बढेसंगै माछा अन्यत्र स्थानहरुबाट आयात गर्ने गरेका छन् ।

पृथ्वी राजमार्ग भएर आवत जावत गर्ने साना तथा ठुला सवारीका साधनहरुमा यात्रा गर्ने यात्रुहरुका लागि मलेखुमा पकाएको माछाका परिकारका स्वाद चर्चित बन्ने गरेको छ ।

 

त्रिशुली नदीमा पाईने स्थानीय प्रजातीका माछाहरु विभिन्न कारणले गर्दा लोप हँुदै गएकोले आजकाल मलेखु बजारमा भारतीय बजार र तराईका जिल्लाहरुबाट माछा आयात गर्न बाध्य भएको सेढाईले बताए ।

पहिले मलेखु खोला र त्रिशुली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साल साउन ४ गते मलेखु खोलामा गएको बाढीका कारण खोलाको ढड्यानहरू बगाएपछि माछा बस्ने कुरहरू भत्किए ।

त्यसपछि तराई क्षेत्रका माछाले प्रवेश पाएका हुन् । अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछा उपलब्ध छन् ।

तेलमा तारेको (फ्राइड माछा) माछा सबैले मन पराउँछन् । माछामा काँडा हुने भएका कारण पनि धेरैले तारेको मन पराउँछन् ।

जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन् ।

तरकारीबाट भन्दा माछाबाट बढि फाइदा हुने भएपछि तरकारीको ठेलामा समेत माछा राखेर विक्रि गर्ने गरेका छन् ।

उनीहरुले हातमा बोकेका सुकेको एक सिल माछाको ३ सय र नसुकाइएका आलो माछाको ६ सय रुपैया सम्ममा यात्रुहरुलाई विक्रि गर्ने गरेका छन् ।

जिल्लाको राजमार्ग क्षेत्रका होटलहरुमा माछाको ब्यापार राम्रो हुन थाले पछि किसानहरुलाई माछापालन तर्फ आर्कषित गर्न स्थानीय तहहरुले पनि तालिम तथा अनुदानहरु पनि प्रदान गर्दै आइरहेको छ ।

तर त्यस्ता कार्यक्रमहरुले भने माछा उत्पादनमा कुनै प्रभाव गरेको छैन ।

88888स्थानीयस्तरमा माछापालन नहुने भएपछि बाहिरी जिल्लाबाट नै ल्याएर भएपनि माछाको बिक्रि गर्ने गरेको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...

किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै प्रदर्शन

   पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...