पूर्व राजा ज्ञानेन्द्रकी आमा रत्न बिरामी, नर्भिक अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

 पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह बिरामी परेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।  स्वास्थ्यमा सामान्य समस्या आएपछि पूर्व मुमा बडामहारानीलाई अस्पताल भर्ना गरिएको हो । ज्वरो तथा पखालाको समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजपरिवार स्रोतले जानकारी दिएको छ ।

 

रत्ना तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन् । पूर्व राजा ज्ञानेन्द्र शाह तराई भ्रमणपछि भारत भ्रमणको योजना बनाइरहेका बेला आमा रत्ना बिरामी परेकी हुन् ।

 

कमल थापा फर्किए, पशुपति र प्रकाशचन्द्र पूर्वमा 

हिन्दुत्व र राजसंस्थाका विषयमा कडा अभिव्यक्ति र अभियान जारी राख्दै भर्खरै एकीकरण गरी राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पूर्वराजा रहेको प्रदेश १ पुगेका छन् ।

 

कार्यकर्ता प्रशिक्षणका लागि पुगेको भनिए पनि उनीहरूको भेट पूर्वराजासँग हुने अनुमान गरिएको छ । उनीहरूले बिराटनगरमा पत्रकार सम्मेलन गरी राजसंस्था र हिन्दु धर्मलाई सडकबाट नै स्थापित गराउने घोषणा गरिसकेका छन् ।

जबकि, राणाको दलले हिन्दु धर्मसहितको गणतन्त्र स्वीकार गरेको थियो भने राजसंस्थाको मुद्दाबाट लोहनी पनि पछाडी सरेका थिए ।

 

‘पूर्वराजाको देशाटन, राप्रपाको अभियान र राप्रपा संयुक्तको पनि राजनीतिक कार्यक्रम र चुनौतिले व्यवस्था फर्काउने सवालमा केही न केही संकेत गरेको छ’, उच्च स्रोतले भन्यो,‘कति सम्भव हुन्छ थाहा छैन, तर यो संश्लेषण गर्ने विषय हो ।’

पूर्वराजा ज्ञानेन्द्र परिवारका सबै सदस्य लिएर भारत जाने, पारशलाई नलाने यस्तो छ कारण

 

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सबै सदस्य लिएर यहि महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका छन् ।
उक्त भ्रमणकै लागि उनकी बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाह बैंककबाट नेपाल फर्किँदैछिन् ।

 

पूर्वराजासहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्र शाह लगायत पनि भारत भ्रमणमा रहनेछन् ।
उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ । पारश शाहलाई भने नलाने स्रोतको दाबी छ ।

 

निर्मलनिवास स्रोतका अनुसार यो पारिवारिक भ्रमणलगायत अन्य विषयमा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ ।

मध्य तराईको भ्रमण सकेर पूर्वराजा परिवारको दलबलसहित भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यहि बेला राप्रपा, राप्रपा संयुक्तलगायत कतिपय राजावादी शक्तिले मुलुकमा हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाको अभियान जारी राखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...