नेता-कार्यकर्ता भेट्न आउँदा ‘भक्कानिन्छ’ रविन्द्र पत्नीको मन, भन्छिन्, ‘उहाँले देखेको सपना पूरा भएको देख्ने मन छ’



हाम्रो इकोनोमि

 

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गरेका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विभिन्न नेताले बताएका छन् ।

निधनको सातौं दिन आज स्व. अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सङ्गठक र विकासप्रेमी नेताका रुपमा उनको भावपूर्ण स्मरण गरियो ।

श्रद्धाञ्जली सभामा नेकपा स्थानीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिकारीको निधनले राष्ट्र र नेकपाको पार्टी सङ्गठनमा अपूरणीय क्षति पुगेको बताए ।

‘पर्यटन क्षेत्रको विकासमा उहाँले पुर्‍याउनु भएको योगदान अतुलनीय छ’, मुख्यमन्त्री गुरुङले मन्त्री अधिकारीले शुरु गरेका पोखरा, निजगढ, गौतमबुद्ध जस्ता विमानस्थल समयमै सम्पन्न गर्नुपर्ने बताए ।

सन् २०२० मा मुलुकमा २० लाख पर्यटक भित्र्याउने अधिकारीको योजनालाई साकार पार्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि तीन वटै तहका सरकारको सक्रियता र समन्वयको आवश्यकता औंल्याए ।

नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले देशमा समृद्धि एवं विकासका लागि उनले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले थालेका अपुरा कामलाई सम्पन्न गर्नुपर्ने बताए ।

मन्त्री अधिकारी पार्टी सङ्गठनलाई मजबुत बनाउन उच्चकोटीको राजनेताका रुपमा रहेको चर्चा गर्दै उनले अधुरा सपना साकार बनाउन सिङ्गो पार्टी पंत्ति र सरकार सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले युवा पुस्तालाई राज्यको मूलधारमा ल्याउनु पर्दछ भन्ने सोच भएका नेताका रुपमा अधिकारीको स्मरण गर्दै उनका विचारलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताए । सकारात्मक सोचका धनी मन्त्री अधिकारी समाजको रुपान्तरणका पक्षमा निरन्तर क्रियाशील रहेको बताउँदै उनले अधिकारीको चिन्तन एवं सक्रियता प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताए ।

मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले राज्य, पार्टी तथा आम समुदायले स्व. अधिकारी र परिवारलाई व्यक्त गरेको सहानुभूतिप्रति आभार व्यक्त गर्दै उनले अघि सारेका विचार एवं विकास निर्माणलाई साकार पार्नु अहिलेको आवश्यकता भएको बताइन् । परिवारभन्दा पनि राष्ट्र र समाजप्रति स्व. अधिकारीले समय दिएको स्मरण गर्दै परिणाममुखी सोचका साथ अघि बढ्ने उनको उत्साहलाई साथ दिएको बताइन् ।

कार्यक्रममा स्व. अधिकारीका परिवारलाई पार्टीको तर्पmबाट समवेदना–पत्र दिइएको थियो । नेकपा कास्कीका संयन्त्र सदस्य एवं प्रदेशसभा सांसद दीपक कोइरालाको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा संयन्त्र सदस्य एवं प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र दामोदर बैरागीले स्व. अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्नुपर्नेे आवश्यकता औंल्याए ।

पार्टीका गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सह–इञ्चार्ज खगराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्यद्वय सोमनाथ अधिकारी प्यासी र किरण गुरुङ, स्व. अधिकारीका बुबा इन्द्रप्रसाद, आमा लक्ष्मीदेवी अधिकारी, धर्मपत्नी विद्या भट्टराई छोराहरु विराज र स्वराज, नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायत कार्यक्रममा उपस्थित महानुभावले स्व. अधिकारीको तस्वीरमा पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारीको १७ गते सेती नदीस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको थियो । स्व. अधिकारीको आज सातौं दिनका दिन आयोजित श्रद्धाञ्जली सभामा उपस्थित सबै जनाका आँखा रसाएका थिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...