सेना दिवसमा प्रर्दशनका क्रममा दुर्घटना, पूर्णबहादुर भण्डारी घाइते



हाम्रो इकोनोमि

 

जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।

 

सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएको हो’, ढकालले  भने ।

 

घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।

सैनिक मञ्च टुँडिखेलमा अहिले जारी कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...