सेना दिवसमा प्रर्दशनका क्रममा दुर्घटना, पूर्णबहादुर भण्डारी घाइते



हाम्रो इकोनोमि

 

जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।

 

सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएको हो’, ढकालले  भने ।

 

घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।

सैनिक मञ्च टुँडिखेलमा अहिले जारी कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...