काठमाडौै फन भ्यालीमा तनाब , शेयरधनि बिच कुटाकुट



हाम्रो इकोनोमि

 

काठमाडौै फन भ्याली मा हिजो शनिबार तनाब देखिएको छ । गर्मी महिनामा अरुलाई शितलता प्रदान गर्ने यस फन भ्याली हिजो भने आफै तातिएको थियो । शेयर धनिका बिचमा हिसाब किताब सम्बन्धि कुरा नमिलेको तथा ५५% शेयर धनि भोगेन्द्र गुरागाईले एकलौटी रुपमा फन भ्याली कब्जा गर्न खोजेको आरोप अन्य शेयर धनिहरुले लगाएका छन ।

यहि कुरा आपसी सम्बधमा मिलाउन केहि दिन अगाडी सूर्यबिनायक नगरपालिक भवनमा बसेको छलफल निष्कर्षमा पुग्त सकेको थिएन । हिजो शनिबार शेयर धनि बिचमा फेरी छलफल हुने कार्यक्रम थियो र सोहि छलफलमा शेयर धनि भोगेन्द्र का छोरा भूषण गुरागाई ले आवेशमा आएर एक शेयर धनि महिला माथि हात उठाएपछि स्थिति तनाबग्रस्त हुन पुगेको थियो ।

महिला माथि हात उठाएपछि निजलाइ स्थानिय र ४५% शेयर धनि ले बिरोध गरेका थिए । साथै उनलाई हतकडी लगाई प्रहरी चौकी लैजान स्थानीय ले दबाब दिएपछि प्रहरीले हतकडी लगाएको थियो र केहि अप्रिय घटना हुन नदिन उनलाई प्रहरीले जगाती चौकी पुर्याएको थियो ।

 

हेर्नुहोस त्यहाँ भएको तनाबको भिडियो

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...