चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सहयोगको ओइरो, खुत्रुके महाअभियान आजदेखि सुरु



हाम्रो इकोनोमि

 

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करिब २२ लाख ४० हजार संकलन भएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रंगशाला निर्माणको लागि महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन भएको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५०० रुपैंयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

रंगशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानका लागि बर्दिवास आएका थिए ।

 

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा खुत्रुके महाअभियान समेत सुरु भएको छ ।

सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो तर्फबाट एक हजार रुपैंयाँ खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गरेका थिए ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी, उद्यमी, समाजसेवीहरुले रंगशाला निर्माणको लागि लाखौं रुपैंयाँ सहयोग गरेका थिए ।

कार्यक्रममा धुर्मुसले खेलले नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन हुनाले रंगशाला निर्माणमा सहयोग गर्न चाहने सबैलाई अपिल गरे ।

‘सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं, ‘कार्यक्रममा धुर्मुसले भने’ अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछु रंगशाला बनाउन ।

देशमा आशाको दियो बाल्न अघि बढेको भन्दै दियोमा तेल तपाईँहरु मिलेर थपिदिनुस् ।’

एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु मुसहर र उनका भाइ मञ्जले पाँच\पाँच हजार सहयोग गरेका छन् ।

सहयोग संकलन गरेर बस्ती निर्माण गरिदिएका धुर्मुस सुन्तलीलाई धन्यवाद दिँदै नेपाली सन्तती र नेपाललाई खेलकूदबाट अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउनेले दिनको १०० रुपैंयाँ बचत गरेर रंगशाला निर्माण गर्न सहयोग गरेका थिए ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हीरा गौतमले प्रदेश २ का आठ वटै जिल्लामा सञ्चालित होटलहरु रंगशाला निर्माणको लागि सहयोगार्थ खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...