राक्षस बन्यो आफ्नै श्रीमान : २२ बर्षीय श्रीमतीको यस्तो हालत



हाम्रो इकोनोमि

 

एक श्रीमानले आफ्नैं श्रीमतीको निर्मम तरिकाले कुटपिट गर्दै हत्या प्रयास गरेका छन् ।

बागलुङ जिल्लाको निसेखोला गाउँ पालिका वडा नम्बर ५, कटुवालदेरामा श्रीमानले श्रीमतीलाई शरीरका विभिन्न अङ्गहरुमा निलदाम हुने गरि कुटपिट गरेका हुन् ।

अन्दाजी बर्ष २२ कि नलिना बि.क. (लाली)लाई उनका श्रीमान बर्ष २३ का होम बहादुर बि.क.ले हिजो साझ मदिरा सेवन गरि काम गरि रहेको बेला श्रीमती बि.क. माथि निर्घात कुटपिट गरेका हुन् ।

उनले अरु परपुरुष सङ्ग नाता राखेको र म सङ्ग कुनै नाता नभएको भन्नुका साथै मेरो घरमा नबस भनी हतियार देखाउदै धम्की दिएर ढुङ्गा प्रहार गरेर निर्घात कुटपिट गरेका हुन् ।

पीडित नलिना बिश्वकर्माले प्रहरी चौकी निसीमा दोषिलाई कडा कार्बाही र आफुलाइ उचित न्याय माग्दै लिखित उजुरी दिएकि छिन ।

उनको स्वास्थ चौकी निसीमा उपचार भइ रहेको छ ।

आज दोषी होम बहादुर बिश्वकर्मालाई कार्यालयमा झिकाइ थप अनुसन्धान गरिरहेको प्रहरी चौकी निसीका इन्चार्ज राजेन्द्र भुजेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...