राजकीय सम्मानसाथ भरतमोहनको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुराना नेता भरतमोहन अधिकारीको आइतवार पशपुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो ।

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्टिय झण्ढा ओढाएर सम्मान गरेका छन् ।

अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिएर अन्तिम संस्कार गरिएको छ ।

 

पशुपतिमा छोरीहरुले बोके भरतमोहनको शव

 

आइतबार बिहान श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट पशुपति आर्यघाट लगिएको हो ।

 

आर्यघाट पुर्याइएको अधिकारीको शव तीन जना छोरीहरुले बोकेका थिए । छोरीहरु लुना, लिमा र लिजा हुन् । उनको केहीबेरमा अन्त्येष्टी हुँदैछ ।

नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।

पूर्वउपप्रधानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

८२ वर्षीय पूर्वमन्त्री अधिकारीको शनिबार राति हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 

दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए ।

कम्युनिस्ट नेतासमेत रहेका अधिकारीले अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...

किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै प्रदर्शन

   पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी...