अब चावहिलमा धूलो र हिलोबाट मुक्ति मिल्दै, चावहिल-साँखु सडक यसरी हुँदैछ कालोपत्रे



हाम्रो इकोनोमि

 

हिउँदमा धूलो र बर्खामा हिलोको समस्या चावहिल–साँखु सडकको नियमित समस्या हो । तर, अब यो समस्याबाट सर्वसाधरणले मुक्ति पाउने भएका छन् ।

चार वर्षपछि बल्ला चावहिल–साँखु सडकको कालोपत्रे गर्ने कार्य अगाडि बढेको छ । अहिले यो सडक खण्ड अन्तर्गत चावहिल–बौद्धखण्डको कालोपत्रेको काम धमाधम भइरहेको छ । चावहिलबाट टुसालसम्म करिव ६ सय मिटर सडक कालोपत्रे गरिएको छ ।

बाँकी खण्डमा पनि कालोपत्रे गर्न लागिएको छ । चार वर्षअघि काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत यो सडक निर्माण तथा विस्तारको काम शुरु भएको थियो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) विश्वविजयलाल श्रेष्ठका अनुसार केही खण्डमा कालोपत्रे भइरहेको र ४र५ वटा स्थानमा केही दिनभित्रै कालोपत्रे शुरु गर्ने तयारी छ । उनका अनुसार जोरपाटी ओरालोबाट नारायणटारको पुलसम्म करिब ९ सय मिटर कालोपत्रे गर्नका लागि तयारी अवस्थामा छ ।

‘यहि हप्ताभित्र कालोपत्रे गर्ने लक्ष्य राखिएको छ,’ श्रेष्ठले भने ‘उक्त खण्डमा कालोपत्रे हुदै गर्दा बौद्धदेखि जोरपाटीसम्म कालोपत्रे गर्नका लागि तयार गरिने छ । मूलपानीस्थित अन्तराष्ट्रिय क्रिकेट स्टेडियमबाट थलीसम्म करिव डेढ किलोमिटर कालोपत्रे गर्नका लागि ग्राभेल, सव वेश, वेश राखेर तयार पारिएको छ ।‘

उनका अनुसार थली, इन्द्रायणी, ब्रह्मखेल लगायतका स्थानहरुमा पनि कालोपत्रे गर्ने तयारी शुरु गरिएको छ । करिव १२ किलोमिटर लम्वाईको यो सडक अधिकांश खण्डमा ग्राभेलस्तरको भैसकेको छ । श्रेष्ठले ४ किलोमिटरमा भने ग्राभेल गर्न बाँकी रहेको जानकारी दिँदै केही स्थानमा बाहेक ह्युम पाइप राख्ने, फुटपाथ बनाउने, ढल मर्मत र व्यवस्थापन लगायतका काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...