काभ्रेका सिर्जनले बनाए हात मिलाउने रोबोट ‘गोल्डेन गर्ल’



हाम्रो इकोनोमि

 

काभ्रेको गोल्डेन फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट ‘गोल्डेन गर्ल’ बनाएका छन् ।

कक्षा १२ मा अध्ययनरत सिर्जनले रोबोटले अङ्ग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ ।

सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् ।

अवलोकनकर्ताले ‘ह्वाट इज योर नेम र ?’ भनेर सोध्दा रोबोटले ‘माइ नेम इज गोल्डेन गर्ल’ भन्ने गर्दछ ।

स्कुलले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि आफूले रोबोट बनाएको उनले बताए ।

रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् ।

“रोबोट बनाउन एक महीना लाग्यो”, सिर्जनले भने, “मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अङ्ग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।”

अहिले विद्यालयले आयोजना गरेको तीनदिने शैक्षिक प्रदर्शनीमा सिर्जनले बनाएको रोबोर्टले आकर्षण बढाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको बताए ।

प्रदर्शनीको प्रमुख आकर्षण रोबोट, भौगोलिक बनावटमा ‘पाँचखाल ग्रीन सिटी’ र पानीजहाज तथा ड्रोन रहेका छन् ।प्रदर्शनी मेला मङ्गलबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...